छक्का पञ्जाको रिलिज डेट

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७३

Deepak Deepa

काठमाडौं— हास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशनको फिल्म ‘छक्का पञ्जा’ भदौ २४ गतेदेखि प्रदर्शन हुने भएको छ । अघिल्लो साता छायांकन सम्पन्न भएको यो फिल्मको प्रदर्शन दसैंमा गरिने अनुमान गरिएको थियो । अनुमान विपरित फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुक पेजमार्फत यसको प्रदर्शन मिति घोषणा गरेका हुन् । हाल सम्पादनको क्रममा रहेको यो फिल्ममा दीपकराज, दीपाश्री, निर्मल शर्मा, जीतु नेपालसहित विभिन्न हास्य कलाकारको लगानी छ । फिल्म वितरक कम्पनीसंगको छलफलपछि फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको निर्देशन दीपाश्री निरौलाले स्पष्ट पारेकी छिन् । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, जीतु नेपाल, शिवहरी, पौडेल, केदार घिमिरे, बुद्धि तामाङ्ग, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।