राष्ट्रकविलाई ‘बेबिलोन स्रष्टा सम्मान’

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७३

Madhav Prasad Ghimire

काठमाडौं— राष्ट्रकवि माधवप्रसाद घिमिरे ‘बेबिलोन स्रष्टा सम्मान–२०७३’ बाट सम्मानित हुनु हुने भएको छ ।
शान्तिनगर, काठमाडौंस्थित बेबिलोन नेशनल उच्च माविले यसैवर्ष स्थापना गरेको सम्मानबाट उहाँ सम्मानित हुन लाग्नु भएको हो ।
नगद १५ हजार ५ सय ५५ हजार रुपैयाँ राशी तथा ताम्रपत्रसहितको यो सम्मान नेपाली भाषा तथा साहित्वको श्रीवृद्धिमा भन्डै ७ दशकदेखिके अथक र अनवरत रुपमा सक्रिय रहेका राष्ट्रकवि घिमिरेलाई प्रदान गर्न लागिएको विद्यालयबाट जारी प्रेम विज्ञप्तीमा उल्लेख छ ।
जेठ ७ गते विद्यालयले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गर्ने विद्यालयको वार्षिक पुरस्कार तथा विविध सांस्कृतिक कार्यक्रमकाबीच घिमिरेलाई ‘बेबिलोन स्रष्टा सम्मान-२०७३’ समर्पण गरिने विद्यालयका प्रिन्सिपल राजु राईले बताउनु भएको छ ।
बेबिलोन नेशनल उच्च मावि ब्रिटिश काउन्सिलबाट सन् २०१५–१८ को इन्टरनेशनल स्कूल एवार्ड (आईएसए) बाट पुरस्कृत हुने राजधानीको २१ वर्ष पुरानो प्रतिष्ठित विद्यालय हो ।