पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन
पोर्चुगल– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रिय महासचिव डा। हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
अमगाईं समूहको पनि छुट्टै अधिवेशन
युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले पनि समानान्तर शाखाको चौथो अधिवेशन गरेको छ ।
अमगाईंले केजिन राई समूहले महासङ्घको विधि विधान मिचेर एकलौटी ढङ्गले महासङ्घ चलाउन खोजेको भन्दै विवाद चुलिएकाले छुट्टै अधिवेशन गर्नुपरेको बताउनुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार योगीले समाज परिवर्तनमा अहम् भूमिका खेल्ने पत्रकारहरू विभाजित हुँदा समाजमा सकारात्मक सन्देश नजाने बताउँदै चौथो अधिवेशन एकताको अधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा वरिष्ठ पत्रकार एवं विश्लेषक नरेन्द्रजङ्ग पिटरले विश्वकै विकसित युरोपेली मुलुक पुग्दा पनि हाम्रो विभाजित मानसिकता हामीले अध्यागमन विभाग छोडेर जान नसक्नु ठूलो बिडम्वना हो भन्नुभयो ।
उहाँले प्रवासमा भएका नेपाली पत्रकारहरुले युरोपेली मुलुकहरुको राजनीतिक संरचना र विकासको संरचनाको बारेमा अध्ययन गर्दै रिपोर्टिङ गर्नुपर्नेमा आफैँ विभाजित भएर छुट्टाछुट्टै अधिवेशन गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, महासङ्घ पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस युनियन युरोपका अध्यक्ष सञ्जय कँडेल, एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएन केन्द्रिय सदस्य सुवास जोशी, बेल्जियमका महासचिव तीर्थराज धमला, जनसम्पर्क समिति बेल्जियमका सभापति सीता सापकोटा, जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा पोर्चुगल अध्यक्ष पूर्ण विश्वकर्मा, नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगर र युरोप पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै युरोप शाखामा देखिएको समस्या छिटोभन्दा छिटो हल हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...