हल अफ फेम–२ को विजेता बने टिका मगर 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७
केहि महिना अगाडीमात्र मलेसियाको रोजगारीबाट फर्केका टीका मगर हल अफ फेम–२ को विजेता बनेका छन्। एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम–२ को लागि बिश्वभर ठुलो संख्यामा अडिसन क्लीप पठाएका थिए ।  जस मध्येबाट उत्कृष्ट ५० को छनोट गरि प्रतियोगीहरु लाई प्रतिष्पर्धामा उतारिएको थियो। मलेसिया बाटै अडिसन क्लिप पठाएका टिका उत्कृष्ट ५० पर्न सफल बने। अडिसनका लागि उनले  स्वर सम्राट नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीत रेकर्ड गरेर पठाएका थिए ।
अन्तिम २७ बाट पनि उनको गायन अन्तिम ९ अर्थात् टप ९ पर्न सफल भयो ।  अन्तिम ९ मा पनि राम्रो प्रस्तुति दिएसँगै उनीले  फाइनलको यात्रा बनाउन सफल भए। राजेश पायल राईको ’निष्ठुरीलाई माया गरी’ बोलको गीतले अन्ततः टीकालाई हल अफ फेमको फाइनसम्म पुर्यायो र अन्तत उनि बिजेता बने । नेपालको इलाम जिल्ला निबासी टिका मगर गायन र संगीतमा सानै देखि रुचि राख्थे ।  कोभिडको बन्दको प्रभाब र प्रबिधिको उच्च प्रयोग सहित समयको सदुपयोग गर्दै उनि यो उपाधि जित्न सफल बने।  त्यसो त उनले  फाईनल प्रतिस्पर्धाका लागि आफुलाई नेपाल कै स्टुडियोमा पुगेर आफुलाई निखार्न सफल भए ।  प्रतियोगितामा बिजयी अंगाई टिकाले एक लाख नगद, गीत रेकर्ड र म्युजिक भिडियोको निर्माणसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । साथै उनी अष्ट्रेलियामा आयोजना हुने कन्सर्टमा समेत सहभागी हुन पाउनेछन् । उपाधि जित संगै आफ्नो प्रतिभाको कदर गर्दै यहाँसम्म आइपुग्ने अवसर दिएकोमा आयोजक सबैजना धन्यवाद दिए र निर्णायकहरु प्रति सम्मान व्यक्त गरे।
(Photo: MNTV)