रहेनन् पपस्टार प्रिन्स

-- NTA REP. / प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७३

अमेरिकी पप स्टार प्रिन्स अब यो संसारमा रहेनन् । ५७ वर्षको उमेरमा उनको निधन भएको छ । अप्रिलको तेस्रो साता उनलाई उनकै घरमा मृत अवस्थामा फेला परेपछि उनको मृत्यु रहस्यमय बन्न पुगेको छ । आफ्नै किसिमका संगीतका कारण स्रोतामाझ लोकप्रिय भएका पप गायक प्रिन्सलाई मिनियापोलिसस्थित उनको घरमा मृत अवस्थामा भेटिएको थियो । प्रिन्सका प्रवक्ताले यो कुरा पुष्टि गर्दै भनेकी छिन् —‘मलाई यो जानकारी दिन एकदमै पीडा भएको छ तर लिजेन्ड्री तथा आइकोनिक पर्फमर प्रिन्स राजर नेल्सन अब हामीमाझ रहनुभएन ।’ प्रिन्सले रेड कोरवेट, लेट्स गो क्रेजी, ह्वेन डब्स क्राईजस्ता कालजयी गीत गाएका छन् । उनको मृत्युलाई लिएर प्रहरी अनुसन्धानरत छ । हलिउडका थुप्रै गायक–गायिकाको मृत्यु यही शैलीमा भएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् ।