कम्बोडियामा पानीको हाहाकार

-- NTA REP. / प्रकाशित मिति : शनिबार, जेष्ठ १, २०७३

कम्बोडियाका २५ मध्ये १८ प्रान्तमा खडेरीका कारण पानीको हाहाकार भएपछि सरकारले ट्रक तथा ट्याङ्करबाट खानेपानी आपूर्ति गर्ने प्रबन्ध मिलाएको छ । राष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण केन्द्रका अनुसार सरकारी अधिकारीसहितका स्वयंसेवक टोलीले प्रभावित क्षेत्रमा पानीको संकट समाधान गर्न आफ्ना सेवालाई सघन बनाएका छन् । १८ प्रान्तका केही जिल्लामा कुवा तथा इनार सुकेपछि लाखौं मानिसलाई पानीको संकट परेको केन्द्रका प्रवक्ता किओ भाईले बताएका छन् । उनले यस वर्षको खडेरीले ४० वर्ष यताकै सबैभन्दा संकट उत्पन्न गराएको उल्लेख गरेका छन् । कम्बोडियाका केही राज्यमा तापमान ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गत सातामात्र टनले छमर लेकमा ६५ टन माछा खडेरीका कारण मरेका थिए । एलनिनोको कारण खडेरी आगामी जुलाईसम्म यथावत रहने कम्बोडियाली जलवायु तथा मौसम विभागले बताएको छ ।