पाकिस्तानका धनाड्य व्यक्ति

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ ३, २०७३

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ देशकै सबैभन्दा धनी नेताका रुपमा चर्चामा आएका छन् । पाकिस्तानको चुनाव आयोगले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेपछि सबैले जिब्रो टोकेका छन् । आयोगका अनुसार पाकिस्तानभित्र सरिफको कुल सम्पत्ति करिब ३ सय २० करोड रुपैयाँ रहेको छ । गएका चार वर्षमा उनको सम्पत्ति डेढ सय करोडले बढेको छ । २०११ मा उनको सम्पत्ति २६ करोड थियो । २०१२ मा बढेर ४२ करोड भयो भने २०१३ मा २ अर्बभन्दा बढी भएपछि अर्बपति घोषणा गरिएको थियो । चुनाव आयोगका अनुसार सरिफको विदेशमा कुनै पनि सम्पत्ति छैन । त्यसो त सरिफ उहिल्यैदेखि धनी नै हुन् । उनको चिनी मिल, टेक्स्टाइल तथा कागज कारखाना छन् । उनको पुस्तौनी थुप्रै जमिन अझैसम्म छँदैछ । किसानका छोरा बताउने उनको त ३० लाख बराबरका पशुपक्षी मात्र छन् । सरिफकी श्रीमती कुल्सुमको नाउँमा अबोटावादस्थित महँगो ठाउँ चंगा गल्लीमा १० करोड बराबरको घर छ । त्यस्तै मुरीमा एउटा व्यवसायिक भवन १ अर्ब बराबरको छ । अबका आठ महिनाभित्र पाकिस्तानमा आम चुनाव हुँदैछ । सोही सिलसिलामा सरिफको सम्पत्ति विवरण सार्वजनिक
भएको हो ।