डेनमार्कमा अन्तक्रिया

-- NTA REP. / प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७३

अघिल्लो बर्षको भूकम्पले नेपालको पर्यटन क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनाएको पृष्टभूमिमा डेनमार्कको राजधानी कोपनहेगनमा ‘नेपाल नाउ’ अर्थात ‘अहिले नेपाल’ कार्यक्रममा धेरै स्थानीय डेनिश नागरिकहरूले चासो व्यक्त गरे । नेपाली पर्यटन र संस्कृतिको बारेमा जानकारी दिनका साथै भूकम्पपछि अहिलेको नेपालको अवस्था र पर्यटनको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा आगन्तुकहरूले उत्सुक बनेर चासो राखेका थिए । नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा करीब ८० जना स्थानीय डेनिश र अन्य देशका नागरिकहरूको उपस्थिति थियो । कार्यक्रममा राजदूत मुक्तिनाथ भट्टले भूकम्पपछिको त्रास र असुरक्षा अब नरहेको र भूकम्पले पूर्वाधारहरूमा क्षती नपुगेकोले यात्रा गर्नको लागि नेपाल सुरक्षित र उचित गन्तव्य भएको सबैलाई जानकारी गराए ।