नेपालमा घट्दैछन् सक्रिय संक्रमित, हाल १८४२२

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसका ९ सय ४ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा ११ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै यो अवधिमा २३ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५४ मा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १२ जना संक्रमितको दुखद निधन भएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ छ ।

त्यस्तै, यो अवधिमा २ लाख ८ हजार ९० जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जनाएको छ ।