भाइटीकाको उत्तम साइत शनिबार ११ बजेर २ मिनेटमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७८

काठमाडौं– यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत नोभेम्बर ६ शनिबार ११ बजेर २ मिनेटमा निस्किएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार नोभेम्बर ६ बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ९किजापूजा० को उत्तम साइत रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार भोलि नोभेम्बर २ मंगलबार यमदीपदान, धन त्रयोदशी (धन्तेरस) तथा धन्वन्तरी जयन्ती मनाइने छ ।

त्यस्तै नोभेम्बर ३ बुधबार कागतिहार, कुकुर तिहार, नरक चतुर्दशी मनाइने छ ।

त्यस्तै नोभेम्बर ४ गते बिहबार लक्ष्मीपूजा, दीपमालिका, सुख रात्रि मनाइने छ ।

कात्तिक नोभेम्बर ५ गते शुक्रबार भने गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, नेपाल संवत ११४२ प्रारम्भ हुनेछ ।

त्यस्तै नोभेम्बर ६ शनिबार यमद्वितीया भाइटीका (किजा पूजा) मनाइने छ ।