‘ऐसेलु दाना’ लिएर आइन जेनिशा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख १९, २०७९
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी मोडेल तथा गायिका जेनीशा गौतमले हालै एक प्रेमिल गीतको म्युजिक भिडियो लिएर संगीत प्रेमीहरु बीच आएकी छन् ।  बिल्कुल फरक शैलीको यो गितमा कर्ण प्रिय स्वरको धनि अस्मिता अधिकारीको एक फरक शैलीमा मिठो स्वर दिएकी छन् ।
अष्ट्रेलियाको सेरोफेरोमा छायांकन भएको यस  गीतको म्युजिक भिडियोलाई प्रतिभाशाली व्यक्ति पेन्टर कृष्णले निर्देशन गरेका हुन् । फरक शैली प्रयोग गर्ने कृष्णले जिनेशाको शशक्त अभिनयलाई पर्दामा जिवन्त उतारेका छन् । यस आगाडी पनि धेरै गीत र म्युजिक भिडियोहरु मा अभिनय गरिसकेकी जेनिशाले यो गित सुन्ने बित्तिकै आफुलाई बैदेशिक रोजगारमा जाने सयौ नेपाली युवा र तिनको बाटो हेर्दै बसेका प्रेमीकाहरु अनुहार आँखा अगाडी आएको कारण आफुले यसमा अभिनय गर्न लालायित भएको बताइन ।
समग्र टिमको प्रयासले म्युजिक भिडियो निक्कै स्तरीय बनेको आफुले प्रतिक्रिया पाइरहेको बताउने जिनेशाले नेपाली गित संगीतलाई माया गर्ने देश र प्रबासका सबैलाई एक पटक हेरेर प्रतिकृया दिनु हुन अनुरोध गरेकी छन्।
ओएसआर डिजिटलको ब्यानरमा निर्मिति यस म्युजिक भिडियोको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् भने गीतको शब्द यम के. निरौलाका हुन् ।  यसैगरी म्युजिक भिडियोमा जेनिशा गौतमलाई अन्य कलकारहरु पवित्रा, प्रभा, कमला र जिनाले साथ दिएका छन्।
म्युजिक भिडियोको लागि –