मेलवर्नमा छठ पूजा मनाइदै
सम्पूर्ण तयारी पुरा
हिन्दू धर्ममा ठूलो महत्व बोकेको छठ पर्वको तयारी मेलवर्नमा पनि सुरु भएको छ। इतिहासमा नै पहिलो पटक अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले खरिद गरेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा मधेशी कम्यूनिटि इन भिक्टोरीयाले छठ पर्व आयोजना गर्दैछ ।
मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियार भन्नु हुन्छ, ‘प्रवासमा बसोबास गर्दै गर्दा हामी आफ्नो कला र सँस्कृतीको प्रवर्द्धन र संरक्षण मात्र गरी रहेका छैनौ। यहाँ जन्मेर हुर्किदै गरेका मधेशी नेपाली मूलको भावी अष्ट्रेलियाली पुस्तालाई हाम्रो संस्कृति र परम्परालाई सफलता पूर्वक हस्तान्तरण गर्ने प्रयासमा लागि परेका छौं । र विभिन्न सांस्कृतिक समूहहरूमा आध्यात्मिक मूल्य फैलाउने र विविधताको मूल्यमा एक तह थप्दै अगाडी बढ्ने धारणा राख्नु भयो।
उहाँले बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाड पर्वको बारे थाहा दिनु नितान्त आवश्यक रहेको भन्दै यो एक बिशेष समुदायमा मात्र सिमित नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउन पनि यस्ता पर्वले प्रमुख भूमिका खेल्ने बताउनु भयो।
अष्ट्रेलियन नेप्लिज बहुसाँस्कृतिक समिति, न्याभ र एएनपीलको समर्थन रहेको छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन भिक्टोरीयन मल्चिकल्चरल कमिसनबाट समेत सहयोग प्राप्त भएको छ। दुई चरणमा ३० अक्टुबर आइतबार दिउँसो ३ देखी ८:३० बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट ३१ अक्टुबर सोमबार बिहान ५:३० बजे देखि ८:३० बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने तयारीमा एमसिभी जुटेको छ।
पूजा समारोहमा उपस्थती भइ प्रसाद ग्रहणका लागि मधेसी कम्यूनिटि इन भिक्टोरीयाले सबैमा हार्दिक अनुरोध गरेको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...