यो शनिबार सिड्नीमा “राधा” हेर्न पाइने 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९
नेपाली चलचित्रको ब्यापकता र प्रबासमा बस्ने नेपालीहरु लाई अवसरको रुपमा बलिउड र हलिउडका चलचित्र चल्ने सिड्नीको हालमा नेपाली चलचित्र राधा हेर्न पाइने भएको छ । आउँदो १७ डिसेम्बर शनिबारका दिन बैंकसटाउनको होइट सीनेमामा दिउसो १ बजेको शो मा ‘द सेक्रेट अफ राधा” पर्दर्शन हुदैछ । चलचित्रको पर्दर्शन र पर्बर्दन संगै सिड्नी आइपुगेका सुवर्ण थापाका अनुसार नेपाल बाहिर राधाको यो पहिलो शो हो, हाललाई एक शो को लागि निर्धारण गरिएको भए पनि माग अनुसार थप शो हरु र अन्य शहरमा पनि पर्दर्शन गर्न सकिने थापाले बताए । चलचित्र निर्देशकको रुपमा फरक पहिचान बनाएका सुवर्ण थापाबाट निर्देशित यो चलचित्रमा नायिका श्रृष्टि श्रेष्ठ, दयाहाङ राइ ,सौगात मल्ल ,खगेन्द्र लामिछाने, बुद्धी तामाङ,निश्चल बस्नेत जस्ता आफुलाई अब्बल बनाइ सकेका कलाकार हरुको अभिनय छ।
नारि कथा बस्तुमा आधारित यस चलचित्रमा नेपाली परिवेशमा एक नारिले कसारी सामाजिक परिवेशको सामना संगै आफ्नो पति प्रति समर्प्रित हुदै गर्दाका क्षणहरु लाई जिवन्त पर्दामा उतारिएको छ ।  एकातिर प्रबासमा नेपाली चलचित्रलाई माया गर्नु र हाम्रा कलाकारहरु लाई पनि बिश्व बजारमा भित्राउन आफ्नो तर्फबाट गर्ने सकिने सानो सहयोगको रुपमा चलचित्र हेर्नु पर्ने हुन्छ भने अर्को तिर गुणस्तरका हिसाबले पनि यो एक अब्बल चलचित्र रहेको र यसले सामाजिक न्यायको पाटोहरु खोतल्दै शिक्षाप्रद मनोरंजन दिने कुरा पनि चलचित्र पर्दर्शन टिमले जनाएको छ।
थप विवरण र टिकटको लागि माथिको पोस्टरबाट वा  पोस्टरमा रहेको क्यु आर कोड स्क्यान गरि प्राप्त गर्न सकिन्छ।