सिड्नीमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुँदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, जेष्ठ २०, २०७३

Puran Facebookआगामी जुलाई २३ र २४ गते सिड्नीको Croydon Park स्थित कोरियन हलमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त वाचनप्रवीण पण्डित श्री दीनबन्धु पोखरेलज्यूबाट महायज्ञ तथा दार्शनिक प्रवचन दिनुहुने जनाईएको छ ।

अष्ट्रेलियाको ब्यस्त दैनिकी बाट थोरै समय निकालेर आध्यात्मिक चिन्तनको माध्यामबाट सकारात्मक सोचको अभिबृद्धि गर्न कार्यक्रम सहयोगि सिद्ध हुने अपेक्षा गरिएको छ । कार्यक्रमबाट सङ्कल हुने रकम मध्ये दश प्रतिशत रकमबाट अष्ट्रेलियामा रहेका विद्यार्थीहरूको सहयोगार्थ ‘विद्यार्थी सहायता कोष’ खडा गरिने र बाँकी रकम ‘सडक मानवमुक्त नेपाल’को पवित्र अभिष्टा राखेर हेटौडा, चितवन, काठमाण्डौ लगाएत देशका बिभिन्न भागमा सञ्चालित ‘मानव सेवा आश्रम’को सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ । हालसम्म ४०० भन्दा बढी सडकपेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षीहरूलाई मानवीय उद्दार गरिसकेको मानव सेवा आश्रमले देशका अन्य भागमा पनि आफ्ना शाखाहरू विस्तार गर्दै गईरहेको छ भने अबको केही बर्षमा नै नेपाललाई सडक मानवमुक्त देश बनाउने लक्ष्यको साथ अघिबढिरहेको छ ।

श्रद्धालुभक्तजनहरूको सुविधाका लागि Campsie, Rockdale र Ashfield स्टेशनबाट घुम्तीबस सेवा समेत सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि प्रकाश- ०४४९ ९४९ २३२, ध्रुव-०४६८ ७८३ ३५०  वा इश्वर०४५२ ५०० ३५६ लाई सम्पर्क गर्न सक्नुहुनेछ ।