एनआरएनए स्पोर्ट्स डे २०१६ हुदै

-- The NTA / प्रकाशित मिति : बुधबार, जेष्ठ २६, २०७३

13325592_10154216652353454_4480143730517523500_nबिबिध परोपकारी कार्यहरु गर्दै बिभिन्न माध्यमबाट जन्मभुमि सँग नजिकिदै आएको र यहाँका नेपालीहरुलाई सधै अभिभाबकत्व प्रदान गर्दै आएको एनआरएनए अस्ट्रेलियाले पहिलो पटक खेलको माध्यमबाट पनि यहाँ रहेका युवा पुस्ता बिच भाइचारा बढाउने उदेश्यका साथ एनआरएनए स्पोर्ट्स डे २०१६ को आयोजना गर्दैछ ।  यस सम्बन्धि जानकारी दिने उदेश्यले गरिएको प्रेस मिटमा एनआरएनए अस्ट्रेलियाका स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले स्पोर्ट्स डे २०१६ सम्बन्धि जानकारी दिनु भएको थियो । आफु एनआरएनएको माध्यमबाट खेलकुदलाई युबा पुस्ता माझ आझ सशक्त बनाउने पबित्र उदेश्यको साथ एनआरएनए अभियानमा लागेको र यसको पहिलो कर्यक्रम सवरूप एनआरएनए स्पोर्ट्स डे २०१६ शुरु गर्न पाएको सबै खेलप्रेमीहरुलाई गुरुङले धन्यवाद दिनु भयो ।

प्रेस मिटमा सहभागी हाम्रा स्पोर्ट्स रिपोर्टर सुमन बोहोराका अनुसार यस पटकको एनआरएनए स्पोर्ट्स डे २०१६ मा भलिबल, बास्केटबल, फुटबल र क्रिकेट गरि चार भिन्न-भिन्न खेलहरु हुनेछन ।  जस अनुसार भलिबल जुन १२ बाट पीसीवाईसी कल्ब म्यारिकभिलमा, बास्केट बल जुलाई ३ बाट पीसीवाईसी कल्ब म्यारिकभिलमा फुटबल अगस्त ७ बाट र क्रिकेटको लागि छिट्टै मिति र स्थन तय गरिने पनि जनाइएको छ । प्रेस मिटमा स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले दिनु भएको जानकारी अनुसार हाल यी प्रतियोगिताहरु सिड्नीमा मात्रै हुने र भविष्यमा अन्य स्टेटहरुमा पनि आयोजना गरिने छ ।  यस पटक सिड्नीमा तय भएको खेलहरुमा सहभागी हुन अस्ट्रेलियाका सबै स्टेट र शहरका खेलप्रेमी हरुलाई अनुरोध गरिनेछ ।  यस प्रतियोगिताको मुख्य प्रायोजक एबिके लएर्स रहेकोले ‘एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६’  को रुपमा प्रतियोगिता संचालन हुनेछ ।  प्रतियोगितामा बिजयी टिम र व्यक्ति हरुलाई आकर्षण नगद पुरुस्कार, ट्रफि, मेडल र कपको ब्यबस्था गरिएको छ ।

उक्त प्रेस मिटमा एनआरएनए अस्ट्रेलियाका अध्क्षय सुरेन्द्र सिग्देल, उपाध्क्षय दिनेश पोख्रेल, कोषाध्क्षय डिला खरेल, युवा संयोजक विजय शर्मा चापागाई, प्रबक्ता डा ज्ञानेन्द्र रेग्मी, नयाका अध्क्षय कोमल पाठक, आइसिसि स्पोर्ट्स को-अर्डिनेटर राजु मानन्धर लगाएतका अगुवाहरुको उपस्थिति थियो ।  उपस्थित सबैले प्रतियोगिताको सफलताको कामना गर्दै सहभागिताको लागि सबैलाई अनुरोध गरेका थिए ।  त्यस्तै मुख्य प्रायोजक ‘एबिके लएर्स’ को तर्फबाट भवानी पौडेलले एनआरएनएको खेलकुद गतिबिधि सँग जोडिन पाएकोमा हर्ष व्यक्त गर्दै प्रतियोगिताको सफलताको कामना गरेका थिए ।