बिएनसी तिज नाइट हुदै – दर खाने, नाच-गान र थुप्रै राफल पुरस्कार सहित !
स्वयंसेवी भूमिकामा नयाँ पुस्तालाई परिचालन गरिने !

ब्ल्याकटाउन नेपाली कम्युनिटीले यसपटकको “तिज नाइट” बृहत रुपमा मनाउने भएको छ । बिगतका बर्षहरुमा गरिएको तीज कार्यक्रमहरुमा यस क्षेत्र भित्र रहनुहुने नेपालीहरुको अपार सहभागिता रहेको थियो । नेपाली समुदायका परिवार संगै तिज मनाउने कार्यक्रमको अधिक लोकप्रियताका कारण बिगतमा टिकटको अधिक माग र कार्यक्रमस्थलको सिमित क्षमताको कारणले गर्दा चाहे जति परिवारका सदस्यहरुलाई कार्यक्रममा सहभागी गराउन सकिएको थिएन। यसलाई मध्यनजर गरि यस पटक तिज उत्सव मनाउनकालागि करिब दोब्बर क्षमता भएको हल बुक गरिएको छ ।
ब्ल्याकटाउन CBD को मुटुमै रहेको Bowman Hall यस पटका तिज महोत्ववको लागि बुक गरिएको छ । आधुनिक श्रब्य-दृश्य उपकरण जडित र सुबिधा सम्मपन्न Bowmen Hall को क्षमता करिब ५०० जना अट्ने छ । ट्रेन स्टेशनबाट ५ मिनेटको दुरीमा हिडेरै पुगिने यो कार्यक्रमस्थलको वरिपरी सुरक्षित र निशुल्क पार्किंङको व्यवस्था पनि छ ।
ब्ल्याकटाउन काउन्सिल, जनसंख्याको हिसाबले न्यू साउथ वेल्स राज्यको सबैभन्दा ठुलो काउन्सिल हो । यहाँ बहुसांस्कृतिक समुदायको बाहुल्यता छ । ब्ल्याकटाउन काउन्सिल अन्तर्गत हज्जारौ नेपाली परिवारहरुको बसोबास, रोजगारी र व्यापार ब्यवसायहरु पनि संचालित छन् । प्रवासमा बसेर नेपालि चाडपर्व मनाउदा सकेसम्म सबै एकै ठाउँमा जम्मा भएर मनाउने चाहना सबैको हुन्छ । यो क्षेत्रमा रहनु हुने नेपाली समुदायबाट बिगतमा तिज टिकटको अधिक माग आएकोले अहिले कार्यक्रमको क्षमता बढाउनु परेको ब्ल्याकटाउन नेपाली कम्युनिटीले जनाएको छ ।
स्थानिय नेपाली सामुदायिक भाषा स्कूल ‘सम्झना पाठशाला’ का विद्यार्थीहरुको प्रस्तुती रहने यो सांगीतिक तिज उत्सवमा पाठशालाका शिक्षिका र आमा समुहको पनि बेजोड प्रस्तुती रहने जानकारी पाठशाला संयोजक प्रकृति श्रेष्ठले जानकारी दिइन । समुदाय कि सदस्य, लोकप्रिय गायिका जेनिशा गौतमले उनको चर्चित ‘महंगीले मार्यो बरिलै’ नामक तिज गितको मनोरन्जनात्मक प्रस्तुति हुने जानकारी दिईएको छ ।
क्याटरिङका लागि ‘थर्ड आइ’ रेस्टुरेन्टले ३ कोर्स मियल प्रदान गर्ने भएको छ । टिकट दर, १२ बर्ष उमेर माथीकालागि ३५ डलर, ६ – १२ बर्षका लागि २० डलर राखिएको छ भने ६ बर्ष मुनिका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
बिएनसी तिज नाइटमा यस क्षेत्रमा रहने नयाँ पुस्ताका बाबु-नानिहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरिने भएको छ । सामाजिक जिम्मेवारी र आपसी नेटवर्किंङ् होस् भनेर हाम्रा नयाँ पुस्तालाइ यो जिम्मेवारी दिईएको बिएनसी अध्यक्ष सिताराम घिमिरेले नेपाली टाइम्सलाई जानकारी दिए ।
होम लोन क्वेष्टले प्रमूख प्रायोजन गरेको बिएनसी तिज नाइटमा सफायर रियल स्टेट र रुबी होम्सले यसलाई सशक्त बनाउन योगदान दिएका छन् । सपोर्टरका रुपमा प्रायोजन गरि सहयोग गर्ने स्थानीय ब्यबसायीहरुमा Righton Finance- Mortgage & Loan Service, Caliber Builders, Mentor Migration & Education Services, Urban Real Estate, Imperior Conveyancing, Wish Real Estate – Seven Hills, Women’s Wear by Women’s Arena, Support Finance, Ray White Blacktown, Aussie Finance and Home Loans, Tilicho Consulting Group रहेका छन् । कार्यक्रमस्थलमा Womens Arena ले महिला बस्त्र तथा फेशन सम्बन्धि स्टल राख्ने भएको छ। यसै गरि राफल उपहारस्वरूप Showground Dental Care र S K Vision Dentistry ले फ्री डेन्टल भौचर र Srijana Hair & Make Up ले फ्री ब्युटी भौचर प्रदान गर्ने भएका छन् । लोकल डिजेको जिम्मेवारी समिश शर्माले लिएका छन् भने प्रोफेशनल फोटो तथा भिडेओग्राफीको पनि व्यवस्था गरिएको छ। कार्यक्रम यहि १९ अगस्त शनिबार साँझ ६ बजे देखि १० बजेसम्म हुनेछ ।
मनोरंजन, खान-पान तथा सामाजिक परिवारिक भेटघाटको यो सुनौलो अवसरकोलागि आफ्नो सिट समयमै सुरक्षित राख्न अनुरोध गरिन्छ । टिकटको लागि सिताराम घिमिरे – ०४२३ ७१५ २२९ र प्रकृति श्रेष्ठ – ०४२१ २३४ ०१०, प्रतिज्ञा अधिकारी – ०४३३ ५९७ १६४ लाई सम्पर्क गर्न सक्नुहुनेछ।
कार्यक्रम स्थल : Bowman Hall, 35 Campbell Street, Blacktown NSW 2148
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



