गोर्खा नेप्लिज कम्युनिटीको साधारण सभा सम्पन्न

राजिब प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ २७, २०८०

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको नेपाली समुदायमा निक्कै पुरानो पहिचान र इतिहास बनाएको गोर्खा नेप्लिज कम्युनिटीको साधारण सभा गत सेप्टेम्बर ९ का दिन सम्पन्न भएको छ । साधारण सभाले संस्था भित्रै र बृहतर नेपाली समुदायमा खेल एबम प्रोपकरिता क्षेत्रमा निक्कै लामो समय देखि सकृय  राजिब प्रधानको अध्यक्षतामा २०२३-२०२५ का लागि नयाँ कार्यसमितिको गठन गरेको छ ।संस्थाका अन्य पदाधिकारीहरु मा  तिन उपाध्यक्ष प्रकाश निङ्ग्लेकु, पबी सुब्बा र सानु गुरुङलाई चयन गरेको छ । संस्थाको महासचिबमा इराज थापा, सोसियल सेक्रेटरी भिम सुब्बा, स्पोर्ट्स सेक्रेटेरिमा सन्दिप रावल, एक्जुक्युटिभ मेम्बरहरुमा बिमल केसी, पल्लवी थापा, पवित्रा सुब्बा (दीपा) र  ज्ञानेन्द्र गुरुङ, टोम थापा, गौतम तामांग, शोभा निङ्ग्लेकु, डा. राजन क्षेत्री, अशोक राइ, नबिन राना, अनिल थापा, हेम लिम्बु (हसन) र भगत लिम्बू हुनुहुन्छ ।

साधारण सभाका लागि गठित निर्बाचन समितिमा रहनु भएका डा नारायण प्रधान, बिष्णु हमाल, पदम शाक्य, चित्र तुम्बाहाम्फे र लोकमान लिम्बुले नयाँ कार्य समितिको घोषणा गर्नु भएको थियो।

कार्य समितिका रिक्त रहेका पब्लिक अफिसर, कोषाध्यक्ष, सहकोषाध्यक्ष, कल्चरल सेक्रेटरी,मेम्बरशिप अफिसर र सहायक खेलकुद सचिब संस्थाको पहिलो बैठकबाट छनोट गरिने नवनिर्बाचित उपाध्यक्ष प्रकाश निङ्ग्लेकुले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।