किड्स टुर्नामेन्ट हुंदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ २७, २०८०
सिड्नी अष्ट्रेलिया । वेस्टर्न स्टार्स स्पोर्ट्स क्लबको आयोजना र ब्ल्यक्टाउन नेप्लिज कम्युनिटीको सहकार्यमा  १३ बर्ष र ९ बर्ष भन्दा मुनिका उमेर समुहका टिमहरु बीच सकर ( फुटबल ) किड्स टुर्नामेन्टको आयोजना हुदैछ । कुल १२ टिमहरु बीच हुने यो प्रतियोगितामा सुरुका खेलहरु लिग प्रतियोगिता (टिमले प्राप्त अंक जोडेर) हुनेछन्।  सेमीफाइनलमा पुगेका टिमहरु बीच भने नक-आउटको आधारमा खेलहरु भएर उत्कृष्ट पहिलो दोश्रो र तेस्रो टिम छानिने आयोजक वेस्टर्न स्टार्स स्पोर्ट्स क्लबका म्यानेजर भारत ज्ञवालीले जानकारी दिए।
प्रतियोगिता आउँदो २४ सेप्टेम्बरका आइतबारका दिन बिहान ८.३० देखि साँझ ५ बजे सम्म 6 Melrose Avenue, Quakers Hill 2763 Melrose Park मा हुदैछ।  Bringing communities together through rising stars भन्ने स्लोगन सहित आयोजना भएको यो प्रतियोगिताको मुख्य उदेश्य नेपाली कम्युनिटीमा भएका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने र खेलको माध्यमले नेपाली समुदायमा भाइचारा स्थापना गर्नु रहेको कल्बका प्रेसिडेन्ट सुदिप घिमिरेले बताए।
कार्यक्रम उपस्थिति भएर सहभागि बाबुनानिहरु लाई प्रोत्साहन दिन र आउने दिनहरुमा आफ्ना बाबु नानीहरु लाई यस्ता कार्यक्रममा सहभागी हुन उत्साह थप्न परिवार सहित उपस्थितिको लागि सम्पूर्ण नेपाली परिवारहरु लाई आयोजक कल्बले अनुरोध गरेको छ । टुर्नामेन्ट सम्बन्धि थप जानकारीका लागि रजनीश श्रेष्ठ – 0449019677, सुदिप घिमिरे- 0422774247  वा होम उपाध्याया- 0425985553 लाई सम्पर्क गर्न सकिनेछ।