चितवन समाज अष्ट्रेलियाको साधारण सभा सम्पन्न 

पुरुषोत्तम सडौलाको अध्यक्षतामा नयाँ समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज १०, २०८०
सिड्नी, अष्ट्रेलिया । चितवन जिल्लाबाट अष्ट्रेलिया आइ अध्ययान, ब्यबसाय र बिभिन्न पेशा गरेर बसेका चितवनबासीहरु को एनएसडब्लु केन्द्रित संस्था चितवन समाज अष्ट्रेलियाको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । गत २४ सेप्टेम्बरमा सिड्नीको मेरिल्याण्डमा संस्थाका निबर्तमान अध्यक्ष पूर्णनाथ घिमिरेको अध्यक्षतामा र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता बसेको साधारण सभाले संस्थाका बिबिध समसायिक गतिबिधिमा छलफल गर्दै  पुरुषोत्तम सडौलाको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ।
साधारण सभाले कार्य समितिका अन्य पदाधिकारीहरुमा सचिव- प्रतिक खरेल ,कोषाध्यक्ष- सिरिश बर्तौला ,सहकोषाध्यक्ष- रबि पोखरेल र पब्लिक रिलेसन अफिसर- सरोज पण्डितलाई चयन गरेको छ।  यसै गरि कार्यसमिति सदस्यहरुमा हेमराज काफ्ले, सुजन बर्तौला, राधिका गौली, राम डल्लाकोटी, आनन्द पाठक, सुशील सडौला, रबिन्द्र कंडेल, अमिन मोहम्मद, पुष्पा पाठक र सौगात त्रिपाठी छनोट भएका छन् ।
साधारण सभा ठुलो संख्यामा अष्ट्रेलियामा रहेका चितवनबासिहरु, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै नबनिर्बाचित अध्यक्ष पुरुषोत्तम सडौलाले द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा आफुलाई संस्थाको यो गरिमामय पद सम्म पुराउने सबै अग्रज/अभियन्ता र शुभचिन्तकहरु लाई धन्यवाद व्यक्त गरे । उनले चितवन समाज अष्ट्रेलिया अष्ट्रेलियामा रहेका नेपली समुदायका सबै संस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने बताए । संस्थाका बिगतका कार्यहरुलाई निरन्तरता दिदै चितवन जिल्लाको लागि यहि बसेर गर्न सकिने बिबिध परोपकारी योजनामा अष्ट्रेलिया भारी कै चितवनबासीहरु लाई समेट्ने पनि अध्यक्ष सडौलाले बताए।