‘ धर्तीमाथि जून’ लिएर आइन बिन्दु 

म्युजिक भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०८०
अष्ट्रेलिया। अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी गायिका बिन्दु पौडेलले हालै एक प्रेमिल गीतको म्युजिक भिडियो लिएर संगीतप्रेमीहरु बीच आएकी छन् । बिल्कुल फरक शैलीको यो गित कर्ण प्रिय स्वरका धनि हेमन्त शर्मा र बिन्दु पौडेलको मिठो स्वरमा छ।
गायिका बिन्दु पौडेल हाल अष्ट्रेलियाको तास्मानियामा बस्दै आएकी छन् । विदेशी भूमिमा रहेर पनि पौडेलको नेपाली गीत संगीतप्रतिको लगाव अनुकरणीय छ भने नेपालबाट आफ्ना प्रस्तुति लिएर आउने धेरै गयाक र कलाकारको लागि बिन्दु सधै सहजकर्ता र सहयोगीको रुपमा रहने गर्छिन।
यस गीतका शब्द तथा संगीत दीपक शर्माका हुने भने गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गीतको म्यूजिक भिडियोमा नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन् र उनलाई मोडल कबिता नेपालीले साथ दिएकी छिन् । मौसम हिमालीको निर्देशनमा नवराज उप्रेतीले छायांकन गरेको यस म्युजिक भिडियोको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्।
समग्र टिमको प्रयासले गीत र म्युजिक भिडियो निक्कै स्तरीय बनेको आफुले प्रतिक्रिया पाइरहेको र धेरैले यस गीतमा टिकटक/रिल बनाउदै गरेको देख्दा आफुलाई निक्कै खुसि मिलेको बताउने बिन्दुले नेपाली गित संगीतलाई माया गर्ने देश र प्रबासका सबैलाई एक पटक हेरेर प्रतिकृया दिनु हुन अनुरोध गरेकी छन्।
गीत/म्युजिक भिडियोको लागि: