एनआरएनए स्पोर्ट्स डे अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न

-- Suman Bohara | The NTA / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३२, २०७३
NRN volleballएनआरएनए स्पोर्ट्स डे २०१६ को पहिलो प्रतियोगिता स्वरूप महिला र पुरुष भलिबल प्रतियोगिता हालै सम्पन्न भएको छ ।  गत  जुन १२ मा पीसीवाईसी कल्ब म्यारिकभिलमा सम्पन्न उक्त एक दिने भलिबल प्रतियोगितामा आठ भिन्न टिमहरु सहभागी थिए ।
जस अन्तर्गत पुरुष तर्फको अति रोमोंचक खेलहरुमा फाइनल खेलमा म्याग्दी सेवा समिति र जलजला परिवार पुगेका थिए, प्रतियोगितामा म्याग्दी सेवा समितिलाई उछिन्दै जलजला परिवारले ३-२ को सेटले प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा  भेट्रान कपको उपाधि रिक्रियसन कल्बले हात पर्न सफल भएको थियो । त्यस्तै महिला तर्फको खेलमा पोखरा समाज र जलजला परिवार अन्तिम प्रतिस्पर्धामा पुगेका थिए, जसमा पोखरा समाजले जलजला परिवारलाई हराउदै ३-१ को सेटले प्रथम उपाधि हात पार्न सफल भयो ।
एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६ अन्तर्गत प्रथम खेल स्वरूप सम्पन्न भलिबल प्रतियोगिताको उद्घाटन एनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, एनआरएनए अस्ट्रेलियाका अध्क्षय सुरेन्द्र सिग्देल, उपाध्क्षय दिनेश पोख्रेलले सामूहिक रुपमा गर्नुभएको थियो ।  प्रतियोगितामा एनआरएनए केन्द्रिय प्रबक्ता रन्जु वाग्ले थापा, एनआरएनए अस्ट्रेलियाका सह सचिब भिष्म भण्डारी,  एनआरएनए अस्ट्रेलियाका प्रबक्ता डा ज्ञानेन्द्र रेग्मी, एनआरएनए अस्ट्रेलिया एनएसडब्लुका सह-संयोजक प्रकाश खरेल लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु खेल प्रेमी महानुभाबहरु उपस्थिति हुनु हुन्थ्यो । एनआरएनए अस्ट्रेलिया कै इतिहासमा संस्थाले सुरु गरेको खेलको पहिलो खेलमा भएको सहभागिता र सबैको सहयोगको लागि एनआरएनए अस्ट्रेलियाका स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले सबैलाई धन्यबाद दिदै जुलाई ३ तारिखमा सोहि स्थान मै हुने बास्केट बल प्रतियोगितामा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो ।
जुलाई ३ बाट पीसीवाईसी कल्ब म्यारिकभिलमा हुने बास्केट बल प्रतियोगितामा सहभागी हुन या यस सम्बन्धि कुनै जानकारी चाहिएमा सुमन बोहोरालाई 0432 537 482  मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।