नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन्, हाजिर हुन सूचना प्रकाशित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०८०

काठमाडौं– नेपाल प्रहरीले सम्पर्कविहीन् भएका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलवार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकाशित गरेको हो ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारवाही प्रकृयाअघि बढाइने सूचनामा उल्लेख गरिएको छ । सम्पर्कविहीन् हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।