सिड्नीका गायक बिकासको ‘रर्याफ्टिङ्ग चढेर’

-- The NTA / प्रकाशित मिति : शुक्रबार, असार ३, २०७३
सिड्नीमा रहेर नेपाली गीतसंगीत सृजनामा लागिपरेका युवा विकास उप्रेतीले ‘रर्याफटिङ्ग चढेर’ बोलको गीत सार्वजनिक गरेका छन् ।
स्थानीयस्तरमा हुने कार्यक्रमहरुमा सक्रियताका साथ लागिपरेका उप्रेतीले उक्त गीत मौलिक नेपाली भाकाको  रहेको दाबी गरे । भर्खरै सार्वजनिक गरिएको उक्त गीत अहिले युट्युब लगायतका सामाजिक सञ्जालहरुमा सफल बनिरहेको उनले बताए ।

यसपहिले हलचल नामक सांगितिक एल्बम सार्वजनिक गरिसकेका उप्रेतीले आफ्नो दोस्रो एल्बमको तयारी स्वरुप यो गीतलाई सार्वजनिक गरिएको जानकारी दिए । लोकभाका र आधुनिक संगीतलाई मिलाएर गाइएको उक्त गीत अहिलेसम्म बजारमा आएका संगीतहरुभन्दा पृथक रहेको उनले बताए । अष्ट्रेलिया र नेपालको गोरखा जिल्लामा सुटिङ गरिएको उनको गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु (हनुमाने र मंगली) बुद्धी तामाङ र रजनी गुरुङले अभिनय गरेका छन् । किरण भण्डारीको संगीत र रचनामा सार्वजनिक गरिएको उक्त गीतपछि अन्य गीतहरुको समेत तयारी गरिरहेको उनले बताए ।