स्व.मुक्तिनाथ अधिकारीको सम्झनामा अक्षयकोष स्थापना – सिड्नीमा सहयोग अभियान

-- The NTA / प्रकाशित मिति : शुक्रबार, असार १०, २०७३

13493023_10154358731469456_1940201_nनेपालको दश बर्षे माओबादी द्वन्दकालमा सरकारी पक्ष र तत्कालिन युद्दरत पक्षबाट भएका बिबिध घटना जिउ-धनको क्षतिको विवरण निकै लामो र कारुणिक छ । यस्ता कयौ घटनाहरु मध्य नेपालीजनले बिर्सन नसक्ने घटना हो लम्जुङ्गमा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीको घटना । घटनाको पक्ष-विपक्षमा तर्क र विवादमा रहनु भन्दा उनको मार्ग दर्शनलाई स्मरण गर्दा उनको सम्मान हुने निर्क्योल सहित मुक्तिनाथ स्मृति प्रतिष्ठानको संयोजन र ब्यबस्थापनमा दुइ कोषहरु क्रमश – लम्जुङ्ग जिल्ला स्तरमा ‘मुक्तीनाथ अधिकारी स्मृति अक्षय कोष’ र राष्टिय स्तरमा ‘मुक्तीनाथ अधिकारी राष्ट्रिय शिक्षक सम्मान’ कोष स्थापना गरिने भएको छ ।

13511377_10154358843349456_1967214054_nयो अभियानमा साथ दिदै अस्ट्रेलियाका सिड्नीबासी नेपाली शुभचिन्तकहरुको सक्रियतामा अक्षय कोषको लागी रकम संकलन अभियान सुरु भएको छ । यस रकम संकलन अभियानका अभियन्ता सिड्नी निबासी सुदन रेग्मीका अनुसार मुक्तिनाथ सर प्रतिको उच्च सम्मान, योगदान र संझना गर्दै परोपकारको उद्देश्यबाट उहांले अध्यापन गराउनु भएको पाडिनि मा. बि. दुराडाडा लमजुगंमा अध्यनरत १ छात्र र २ छात्रा गरी ३ जना (दलित, गरीब, जेहन्दार र असहाय) लाई ३ लाख रकमको अक्षय कोष गठन गरि त्यसबाट आउने ब्याजबाट पुरस्कार तथा छात्रबृतीको ब्यस्था गरिने छ । यस्तै अर्को कोष ‘मुक्तीनाथ अधिकारी राष्ट्रिय शिक्षक सम्मान’ कोषमा सरकारी तथा सामुदायीक बिद्यालयमा शिक्षकको रुपमा रही शिक्षा क्षेत्रको उत्थान र बिकाशमा उत्कृष्ट योगदान गर्नुहुने एक शिक्षकलाई रु २ लाख रकम अक्षय कोषमा राखी त्यसबाट आउने ब्याजबाट सम्मान गरीने रेग्मीले बताउनु भयो । यस अभियानका लागि हाल सम्म रु चार लाख नेपाली रुपैया संकलन भइसकेको र सहयोग संकलन अभियान जारी रहेको छ । यस सहयोग संकलन अभियान संबन्धि कुनै सुझाब, जिज्ञासा भए सुदन रेग्मीलाई 0422 055 772 सम्पर्क गर्न सकिनेछ । यदि तपाई पनि यो अभियानमा सानो-ठुलो सहयोग गरि यो पुण्य कार्यको एक हिस्सा बन्न चाहनु हुन्छ भने तलको बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । संकलित रकम यहाँका स्थानीय मिडिया र अभियानको फेसबुक पेज मार्फत पारदर्शी तरिकाले सार्बजनिक गरिनेछ ।

Account Name: Sudan Regmi

BSB: 062105

Account number: 10415367

(Commonwealth/Ashfield Branch)