सहयोगको लागि जुट्दै “क्लिक टु सपोर्ट”

-- The NTA / प्रकाशित मिति : आइतवार, असार १२, २०७३

click_suport

१०० भन्दा बढी  सक्रिय सदश्य भएको यूवाहरुको समूह “क्लिक टु सपोर्ट” ले यहि जून २५ दिन आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । यस “क्लिक टु सपोर्ट”  मा ३५ जना कार्य समिति सदस्य छन् भने १० जनालाई विभिन्न योजना संचालन गर्नका लागि संयोजक हरु तोकिएको छ । संयोजकहरुमा कल्याण कंडेल, किरण श्रेष्ठ, रमेश पोखरेल, निराकार श्रेष्ठ, सुरज घिमिरे, स्वेता देवकोटा, लक्ष्मी पुन, मीना गुरुङ, कन्चन कुँवर, र प्रमेश सिलवाल छन् । यस समितिका पब्लिक अफिसरमा कल्याण कंडेल छन् भने सल्लाहकारमा महेन्द्र लम्साल छन् भने अध्यक्ष, उपाध्यक्ष्य, सचिब, कोसध्यक्ष पदको व्यवस्था गरिएको छैन । टिम भित्र सबैलाई समान  खालको जिम्मेवारी महसूस होस् भन्ने उद्धेस्यले  कार्यसमितिमा सबैले एउटा कार्यकारी  सदश्यको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने छन् ।

click_suport-

अष्ट्रेलियन बहुसांस्कृतिक सामाजमा नेपालीहरुको उपस्थिति दिन प्रतिदिन बढ्दो  छ । अध्यायनका क्रममा अस्ट्रेलिया आउने विद्यार्थीहरु नया ठाउमा आउदा सुरुमा केहि  अन्योल र अनिश्चिततामा पर्न सक्छन । यहाँ समस्या, अवसर र चुनौती सबै छन्, आफ्नो कर्मभूमि बनाएर अस्ट्रेलिया आएका नेपाली हरुलाई सुरुका दिन हरुमा  रोजगारी, आवास तथा मनोरंजन जस्ता क्षेत्रहरुमा “क्लिक टु सपोर्ट” ले सहयोग गर्ने छ । चुनौतीलाई अवसरमा बदल्नका लागि समुदायले एक अर्कालाइ सहयोग गर्नु पर्दछ । नजान्नेलाई जान्नेले र नसक्नेलाई सक्नेले सहायोग गरे मात्र समुदायले सामुहिक रुपमा प्रगति गर्न सक्छ भन्ने उद्धेश्यले “क्लिक टु सपोर्ट” स्थापित भएको कुरा बताउछन् “क्लिक टु सपोर्ट” का अभियान्ता मध्येका एक कल्याण कंडेल ।

समूहमा रहेका सबैले प्रत्येक ३ महिनामा एक दिन स्वयम सेवकको रुपमा काम गर्नु पर्नेछ । उक्त स्वयम्वेसक काम विभिन्न शोपिंग सेन्टर तथा मेलाहरुमा फूड स्टल तथा राफल बिक्रि गरि फण्डरेजको लागि हुने छ । संकलित रकम नेपालमा बृद्ध तथा असहायहरुको लागि स्वास्थ्य सम्बन्धि सूचना मूलक कार्यक्रम तथा स्वास्थ्य सिबिर संचालनको लागिपनि प्रयोग गरिने कुरा “क्लिक टु सपोर्टका” सदस्यहरु बताउछन् ।

फण्डरेजको लागि हुने छ. संकलित रकम नेपालमा बृद्ध तथा असहायहरुको लागि स्वास्थ्य सम्बन्धि सूचना मूलक कार्यक्रम तथा स्वास्थ्य सिबिर संचालनको लागिपनि प्रयोग गरिने कुरा “क्लिक टु सपोर्टका” सदस्यहरु बताउछन् ।