यस्ता छन् फान एवार्डका विजेताहरु

-- / प्रकाशित मिति : आइतवार, असार १९, २०७३

IMG_3559

काठमाडौं— चलचित्र कलाकार संघले शनिवार आयोजना गरेको पहिलो ‘फान एवार्ड–२०७२’ चलचित्र ‘पशुपतिप्रसाद’ उत्कृष्ट चलचित्रको एवार्डसहित तीन वटा जित्न सफल भएको छ । २०७२ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गर्न आयोजित समारोहमा यही चलचित्रका निर्देशक दीपेन्द्र के खनालले सर्वोत्कृष्ट निर्देशकको एवार्ड समेत जितेका छन् भने खनालले उत्कृष्ट कथाकारको एवार्ड समेत जित्न सफल भए ।
गत वर्ष व्यवसायिक रुपमा सफल भएको चलचित्र ‘क्लासिक’ का अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एवार्ड जित्न सफल भएका छन् । गायक युवराज चौलागाईंले यही चलचित्रको ‘हारेँ हारेँ…’ गीतबाट उत्कृष्ट पाश्र्व गायकको एवार्ड जित्न सफल भए ।
समारोहमा प्रधानमन्त्री ओलीले वरिष्ठ गायक तथा निदेर्शक हरिप्रसाद रिमाललाई दीर्घ साधना सम्मानद्वारा सम्मान गरे । प्रधानमन्त्रीले दोसल्ला ओढाउँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् । समारोहमा अभिनेता राजेश हमाल, रेखा थापा तथा अनमोल केसीलाई क्रमश: दशकको अभिनेता–अभिनेत्री तथा वर्षको अभिनेताको रुपमा सम्मान गरिएको थियो ।

यस्ता छन् एवार्ड विजेता चलचित्र तथा चलचित्रकर्मी :

उत्कृष्ट कथा: दिपेन्द्र के खनाल (चलचित्र: पशुपतिप्रसाद)
उत्कृष्ट पटकथा: रामबाबु गुरुङ तथा उपेन्द्र सुब्बा (चलचित्र: कबड्डी कबड्डी)
उत्कृष्ट संवाद : दिपकराज गिरी (चलचित्र: वडा नम्बर ६)
उत्कृष्ट नृत्य निर्देशक: शंकर विसी (चलचित्र: वडा नम्बर ६)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी (चलचित्र: भैरव)
उत्कृष्ट गीतकार: डा. कृष्णहरी बराल (चलचित्र: प्रेमगीत)
उत्कृष्ट गायिका: अञ्जु पन्त (चलचित्र: प्रेमगीत)
उत्कृष्ट गायक: युवराज चौलागाई (चलचित्र: क्लासिक)
उत्कृष्ट संगीतकार: राजनराज सिवाकोटी (चलचित्र:वडा नम्बर ६)
उत्कृष्ट सम्पादन: सुरेन्द्र पौडेल (चलचित्र:क्लासिक)
उत्कृष्ट चरित्र अभिनेत्री: लक्ष्मी गिरी (चलचित्र: प्रेमगीत)
उत्कृष्ट चरित्र अभिनेता: रमेश बुढाथोकी (चलचित्र:भाग सानी भाग)
उत्कृष्ट छायांकार: पुरुषोत्तम प्रधान तथा सञ्जय लामा (चलचित्र: ड्रिम्स)
उत्कृष्ट नव अभिनेत्री: साम्राज्ञराज्य लक्ष्मी शाह (चलचित्र: ड्रिम्स)
उत्कृष्ट नव अभिनेता: पल शाह (चलचित्र: नाई नभन्नु ल ४)
उत्कृष्ट नव निर्देशक: भुवन केसी (चलचित्र: ड्रिम्स)
उत्कृष्ट सह अभिनेत्री: रोमि घिमिरे (चलचित्र: क्लासिक)
उत्कृष्ट सह अभिनेता: जीतु नेपाल (चलचित्र: वडा नम्बर ६)
उत्कृष्ट खलपात्र: विपिन कार्की (चलचित्र:पशुपतिप्रसाद)
उत्कृष्ट हास्य कलाकार: विल्सन विक्रम राई (चलचित्र: अधकट्टी)
उत्कृष्ट निर्देशक: दिपेन्द्र के खनाल (चलचित्र:पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेता: आर्यन सिग्देल (चलचित्र: क्लासिक)
उत्कृष्ट अभिनेत्री: नम्रता श्रेष्ठ (चलचित्र:क्लासिक)
उत्कृष्ट चलचित्र : चलचित्र ‘पशुपतिप्रसाद’
जुरी अवार्ड: सौगात मल्ल (चलचित्र: फन्को)