अनु भइन् मिसेस नेपाल आइकन

-- / प्रकाशित मिति : आइतवार, असार १९, २०७३

IMG_9612

काठमाडौं— विवाहित महिलाहरुबीच शनिवार सम्पन्न ‘मिसेस नेपाल आइकन–२०१६’ को उपाधि अनु शर्माले जितेकी छिन् । तेस्रो संस्करणको यो प्रतियोगितामा अनुले मिसेस डिसीप्लेनको टाइटल एवार्ड समेत जितिन् । एएनपी मिडिया हाउसल जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा तृष्णा प्रधानले फष्ट रनर्सअपसहित बेष्ट पर्सनालिटी र मिसेस फेसन आईकन, सन्ध्या थापाले सेकेन्ड रनर्सअपका साथमा बेष्ट स्किन र बेष्ट फिट्नेस, सरस्वती साहनीले थर्ड रनर्सअपका साथ बेष्ट डान्सर तथा मुना पौडेल फोर्थ रनर्सअप र बेष्ट स्पिचको उपाधि जित्न सफल भएका छन् ।

अश्विनी झाद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगितामा सविया स्वाँर अमात्यले मष्ट पपुलर, पूनम थापाले भ्युअर्स च्वाईस र मष्ट इन्टुलेक्चुअल, रेनु बस्नेतले ब्युटी वीथ पर्पस, जिस्वान तुलाधरले सोसल्ली रेस्पोन्सिवल, जानकी प्रजापती (श्रेष्ठ) ले मिसेस ट्यालेन्ट, रेणुका बज्रचार्यले मिसेस क्याटवाक, ममता कार्की फेसबुक च्वाईस एवार्ड तथा वेष्ट हेयर, लक्ष्मी अर्यालले बेष्ट स्माईल, मानु शाहुले मोष्ट फोटोजेनिक, निलम शाही थापाले मिसेस आइकनिक आइज, सविना थपलियाले मोष्ट पङ्गच्युल, डोल कुमारी श्रेष्ठ केसीले बेष्ट आर्ट वर्क, ज्ञानु छन्त्याल बुढाले बेष्ट फिजिक, निर्मला चौधरीले मोष्ट फ्रेन्डली, संगीता रौनियारले मष्ट चार्मिङ्ग, सनिता पराजुलीले मष्ट कन्फीडेन्ट, अम्बिका मल्लले मोष्ट व्युटीफुल, कविता राई (नेम्बाङ) ले मिसेस कन्जीनियालिटी, बविता तिमल्सिनाले मोष्ट एक्टीभ, सुस्मिता शेरचनले मेनेजमेन्ट च्वाईस एवार्ड, पूनम प्रधानले मोष्ट पर्फेक्ट, सन्जु केसीले मोष्ट डिजर्भिङ, मनश्रु राईले सोसल वेलफयर एम्बेसडर, कल्पना शाही सिंह श्रेष्ठले मोष्ट क्रियटिभ, सिर्जना गौतमले मोष्ट पोजिटीभ एटीच्युड, कमला लामाले ब्युटी वीथ रेसपोन्सिविलिटी, रस्मीता गुरुङले मेनेजमेन्ट च्वाईस एवार्ड, ममता पाठकले बेष्ट सिंगर, निरु लामाले मेनेजमेन्ट च्वाईस एवार्ड तथा मनिता खड्गीले बेष्ट पर्फमेन्स शीर्षकका एवार्ड जित्न सफल भए ।

अभिनेता रमित ढुंगाना, गायक तथा चिकित्सक डा. रञ्जित कुमार झा, प्याब्सनकी उपाध्यक्ष दिपीका रिमाल थापा, प्राइम बैंककी मेनेजर अनिता प्रधान, डिएसपी लोकेन्द्र श्रेष्ठ, र द्वन्द्व निर्देशक चन्द्र पन्त निर्णायक रहेको यो प्रतिायोगिताको क्रममा गीत, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।