पशुरार्मको फस्टलूक सार्वजनिक

-- / प्रकाशित मिति : सोमवार, असार २०, २०७३

Parshuram Film

काठमाडौं— एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित सन्देशमुलक फिल्म ‘पर्शुराम’ को पोस्टर सार्वजनिक गरिएको छ । दाङमा छायांकन गरिएको फिल्म ‘पर्शुराम’ को घोराहीमा पत्रकार सम्मेलन गरी पोस्टर सार्वजनिक गरिएको हो । उक्त अबसरमा बोल्दै फिल्मका निर्माता महेन्द्र बुढाथोकीले फिल्मको ९० प्रतिशत सुटिङ दाङमा र पाँच वटा गीत मध्ये २ वटा गीतको सुटिङ सौराहा, लुम्बीनी, पाल्पा, पोखरामा गरिएको जानकारी दिनुभयो । साउनको दोस्रो सातासम्म देशव्यापी रिलिज गर्ने तयारी गरिएको यो फिल्ममा एउटा आइटम डान्ससहित पाँचवटा गीतहरु समावेश छन् । फिल्ममा किशोर खतिवडा, जानभी बस्नेत, नवराज रावत, स्वस्ती क्षेत्रीले अभिनय गरेका छन् ।