बढ्दैछ कपिलको क्रेज

-- NTA REP. / प्रकाशित मिति : बुधबार, साउन ५, २०७३

Kapil Sharmaभारतीय रियालिटीस्टार कपिल शर्मा पछिल्लो पटक गरिएको सर्वेक्षणमा आफूलाई सर्वोतकृष्ट सावित गर्न सफल भएका छन् । उक्त सर्वेक्षणमा कपिलले सलमान खानजस्ता स्टारलाई समेत पछि पारेका छन् । ओर्मक्स क्यारेक्टर्स इन्डिया लभ्सको एक सर्वेक्षणअनुसार मस्ट फेमस टिभी सेलेब्स (नन फिक्सन) क्याटोगरिमा कपिल नम्बर एकमा छन् । यो सूचीमा कपिलले सलमानका अतिरिक्त सुनिल ग्रोवर ‘गुत्थी’ तथा माधुरी दीक्षितलाई समेत पछाडि पारेका छन् । एमटिभीमा स्प्लिट्सभिल्ला शो होस्ट गर्ने रोडिज फेम रणविजय यो सूचीको तेस्रो स्थानमा छन् भने सलमान खान चौथो स्थानमा र माधुरी दीक्षित पाँचौं स्थानमा छिन् । द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज–३ बाट करियर प्रारम्भ गरेका कपिललाई कलर्स च्यानलको कमेडि नाइट्स विद कपिलले स्टार बनाएको हो ।