नेपाली जनप्रगतिशिल मञ्च अस्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न 

-- / प्रकाशित मिति : सोमवार, साउन ३, २०७३
janapragatishil manchनेपाली जनप्रगतिशिल मञ्च अस्ट्रेलियाको तेश्रो अधिवेशन जुन २५ का दिन सिड्नी स्थित सिड्नी विश्वविद्यालयको हलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अथित्यतामा सम्पन्न हुने भनिएको उक्त कार्यक्रम अन्तिम समयमा उहाँको भ्रमण रद्द भए पश्चात नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय विभागका सचिव युबराज चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाले जारि गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ ।
मञ्चले आगामी कार्यकालको लागि माण्डव राज कार्की अध्यक्षतामा सर्ब सम्मत नयाँ कार्य समिति चयन गर्दै आगामी कार्यकालका लागि बिबिध बिषयहरुमा छलफल गरेको बताईएको छ। संस्थाका नब निर्बाचित अध्यक्ष माण्डव राज कार्कीले जारि गर्नु भएको प्रेस बिज्ञप्ति अनुसार नौ जना पछि मनोनयन गर्ने गरि ३५ सदस्यि कार्य समिति चयन भएको छ । जसमा अध्यक्ष माण्डव राज कार्की, उपाध्यक्ष निराजन गौली र  हिमलाल गैरे, महासचिव यादव देवकोटा, सचिव चुन्ना क्षेत्रि, गौतम लामिछाने र राजु ढकाल, कोषाध्यक्ष कपिल पाण्डे र सदस्यहरुमा  लोक राज पौडेल, सजना मानन्धर, सामना पौडेल, माधव अधिकारी, बिक्रम शर्मा, प्रमोद दवाडी, टंक सापकोटा, रबिन्द्र ढुंगाना, प्रकाश सिम्खडा, गोपाल शिवाकोटी, राजन बिष्ट, निरज धमला, खिम भण्डारी, गम्भीर सापकोटा, भारत न्यौपाने, अनिल पौडेल, बाबु चालिसे र जयराम हरि पन्त हुनुहुन्छ ।
त्यस्तै मञ्चले प्रमुख सल्लाहकारमा शेषमणि शर्मा र सल्लाहकारहरु भरत नेपाल, प्रविन कंडेल, झलक ढुंगाना र सरिता ढकाललाई चयन गरेको जनाएको छ ।