नेपाल फेस्टिभल अष्ट्रेलियाको तयारी हुदै

-- The NTA / प्रकाशित मिति : सोमवार, साउन ३, २०७३
सन २००६ देखि एनआरएन अष्ट्रेलियाले नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न र नेपाली कला संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्यले प्रत्येक दुई बर्षमा गर्दै आएको नेपाल फेस्टिभल २०१६ का लागि पनि तयारी सुरु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ । अष्ट्रेलियाका ६ वटा शहरहरुमा अलग अलग समयमा हुने लागेको यस पटकको नेपाल फेस्टिभलको पहिलो नोभेम्बरमा १२ तारिख किविन्सल्याण्ड देखि हुने भएको छ ।
13713487_10154342116676660_1067337229_n
नेपाल फेस्टिभल अष्ट्रेलियाका तयारीका लागि  एनआरएन अष्ट्रेलियाले यहाँका सबै स्टेटमा त्यहाँको स्टेट कमिटिको अग्रसरतामा छलफल कार्यक्रम सुरु गरेको छ ।  सोहि अनुसार एनआरएनएका पदाधिकारीहरु,  अग्रज, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतको सहभागितामा हालै सिड्नीमा एक छलफलको आयोजना भयो ।सिड्नीमा आयोजना हुने नेपाल फेस्टिभलको संयोजन गरिरहेका एनआरएनका उपाध्यक्ष दिनेश पोखरेलका अनुसार सबैको अपनत्व रहने किसिमले सबै सँग छलफल गरि नेपाल फेस्टिभल अष्ट्रेलियाको तयारी सुरु भएको छ । पोखरेलले जनाए अनुसार नेपाल फेस्टिभलमा नेपाली पर्यटर्न प्रबर्द्धन गर्ने मात्र नभएर कला संस्कृति झल्कने किसिमका स्टलहरु र प्रस्तुती रहनेछ ।
त्यसै गरि किविन्सल्याण्डको नेपाल फेस्टिभल अष्ट्रेलियाका संयोजक एबं एनआरएनका उपाध्यक्ष अभिमान सिंह बस्नेतका अनुसार यो पटक नेपाल फेस्टिभल किविन्सल्याण्डमा एतिहासिक हुनेछ ।  नेपाल फेस्टिभललाई व्यापक बनाउन यहाँका सबै संघ संस्था हरु सँग बिभिन्न चरणका छलफल हरु भइ रहेको छ।  जस अनुसार नेपाल फेस्टिभलको अघिल्लो दिन नेपाल फेस्टिभलको परेडको आयोजना गरिदै छ, जसले नेपाललाई माया गर्ने बिदेशी मित्र हरु बीच पनि यसको प्रचार प्रसारमा सहयोग हुनेछ।
nepal festival tyari
नेपाल फेस्टिभल सम्पन्न हुने सबै शहरहरुमा त्यहाँ रहेका सबै संघसंस्थाहरुसँगको सहकार्यमा महोत्सव सम्पन्न गर्ने गरि सबै संघसंस्थाका प्रतिनिधीहरुसँग छलफल गरिने र सोहि अनुसार विस्तारमा सबैको सल्लाहालाई सिरोपर गरि अगाडी बढ्ने  एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल बताए । सिग्देलका अनुसार नोभेम्बर अहिले सम्मको छलफल अनुसार किविन्सल्याण्डमा नोभेम्बरमा १२ र लगतै सिड्नीमा नोभेम्बर २६ मा त्यस पछि मेलबर्नमा डिसेम्बरमा  आयोजना हुने सुरुवाती समय निर्धारण गरिएको छ । यसैगरि एडिलेड, पर्थ लगायतका शहरहरुमा समेत क्रमैसँग नेपाल फेस्टिभल आयोजना हुनेछ भने यो पटकको नेपाल फेस्टिभल नेपालको लोकप्रिय ब्याण्ड “नेपथ्य” को सांगीतिक प्रस्तुतिहरुले गुन्जने छ ।