आज लन्डनमा सयपत्री साँझ
लन्डन- सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले आफ्नो स्थापनाको दशौँ बर्षको उपलक्ष्यमा आज आइतबार साँझ ‘सयपत्री साँझ–२०१६’ आयोजना गर्दैछ ।
स्थानिय द एम्पायर हल अल्डरसटमा आयोजना हुने यो विशेष सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्ने संस्थाका अध्यक्ष एलबी गुरुङले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु कन्हैया सिंह, अन्जना गुरुङ, रामजी खाँण, मनसुधन थापा, प्रभु गुरुङ, कबिता घर्तिमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङका साथमा युकेकाको चर्चित सयपत्री लाइभ म्युजिकल ब्याण्डको विशेष सांगीतिक प्रस्तुतिका साथै स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहनेछ । यो कार्यक्रम स्थानिय समय अनुसार साँझ ६ बजेदेखि प्रारम्भ हुनेछ ।
यो कार्यक्रममा सहभागिताका लागि एक महिना युके भ्रमणमा रहनु भएका विशेष आमन्त्रित गायक कन्हैया सिंह परियार र गायिका अन्जना गुरुङ लन्डनमा हुने विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा पनि सयपत्री नेपाली कल्चरल ग्रुपको संयोजनमा सहभागी हुनुको साथै अन्तिम कार्यक्रम अगस्त १३ तारिखमा कोसेली परिवार लन्डनको कार्यक्रममा सहभागी भई सयपत्रीको बिदाई एवं सम्मान कार्यक्रम अगस्त १४ पछि नेपाल फर्किने जानकारी सयपत्रीले गराएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...