नेपाल मै जागिर खाकाे केटी खाेज्दै गायक बसन्त लम्साल (भिडियो सहित )

-- NTA REP. / प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३

bidesh jannaमाेफसलकाे राजधानी मानिने बुटवललाई कर्मथलो बनाएर गीत संगीतमा  लागेका बसन्त लम्सालले यस तीजमा गायिका  सृजना पोख्रेलसंग मिलेर संयुक्त रुपमा तीज कोसेली “बिदेश तिर जान्न” बजारमा ल्याएका छन् । अर्घाखाँचीको पालीमा जन्मिएका लम्सालले नेपाली लाेक स‌गितमा गाउँकाे परिवेशमा भिजेका दर्जनाै गीतहरु बजारमा ल्यएका छन् ।  तीज नजिकदै गर्दा तीजका भाकाहरु समेटेर तीज गीत बजारमा ल्याएका हुन् ।

दर्जनौ गीतमा स्वर दिएका लम्सालको यो दोस्रो तीज कोसेली हो । हिजो आजको नेपाली परिवेश हेर्ने हो भने धन कमाउनकै निम्ति कैयौं नेपाली बिदेश गएका छन् तर उक्त गीतमा बिदेश जानू हुदैन आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको लम्साल बताउछन् ।

अर्घादरवार फिल्मस प्रा.लिले बाजारमा ल्याएको सोही गीतमा शब्द आदेश थापा, लय बसन्त लम्साल, स्वर बसन्त लम्साल र सृजना पोख्रेलको रहेको छ। उक्त गीतमा अभिनय भने ई देवेन्द्र, मोना र दानवीरले गरेका छन् ।

भिडियाे लिंक :