एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियूक्त, अमेरिकामा महावाणिज्य दूतको संख्या ९ पुग्यो

-- हाेम प्रसाद लम्साल / प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३

ac sheन्यूयोर्क, नेपाल सरकारले अमेरिकाको सियाटल शहर, वाशिंङ्टन स्टेटका लागि एसी शेर्पालाई नियूक्त गरेको छ । लामो समय अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार बर्षका लागि नियूक्त गरेको अमेरिकास्थित नेपाली राजदुत डा अर्जुन कार्कीले बताए । यस अघि अमेरिकामा ८ जान महावाणिज्यदूतहरु रहेकोमा अव ९ जना पुगेको छ । अमेरिकामा नेपालीहरुको संख्या बढेसँगै सरकारले पनि महावाणिज्य दूतहरुका लागि संख्या बढाएको हो ।
नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक बाणिज्य दूत (Honorary Consul in the City of Seattle in The Washington Qmate of The United Qmate of America) नियुक्त गरेपछि हामीसंग कुरा गर्दै यसअघि पनि नेपाल र नेपालीका लागि सक्दो काम गर्दै आएको र अव जिम्मेबारी थपिएको बताए । गैरआवासिय नेपाली संघ उत्तरअमेरिका क्षेत्रका सहसंयोजक समेत रहेका शेर्पाले आगमाी दिनमा नेपाललाई अमेरिकामा चिनाउने र नेपालीका लागि आवश्यक सहयोग गर्ने थप दायित्व थपिएको बताए । शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको ब्यापार, ब्यबसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कानुनी अन्य र आबश्यक सहयोग र साथ दिने गरि जिम्मेवारी तोकिएको छ ।
शेर्पा लगभग दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आउनु भएको छ । अमेरिका र क्यानाडा दुवै देशमा आफ्नो ब्यापार, ब्यबसाय गरेका शेर्पा गैरआवासिय नेपाली संघको द अमेरिकाज् क्षेत्र (उत्तर र दक्षिण अमेरिका) का लागि क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । नेपालको पुर्बी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेरदेखि अमेरिका रहनु भएका शेर्पाले बिश्वको उच्च शिखर सगरमाथा लगायत बिश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरिसक्नु भएको छ । यति मात्र हैन उहाँ हिमाल आरोहण सम्बन्धि ७० देशका लागि प्रशिक्षक पनि हुनुहुन्छ । आफ्नो जिल्लाको सामाजिक बिकाशमा उत्तिकै सहभागी हुनुभएका शेर्पाले सोलुखुम्बु जिल्लामा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा धेरै सहयोग गर्नु भएको छ ।
गत नोभेम्बरमा नियुक्त गरिएका पाँच महावाणिज्य दुतहरुको कागजात अमेरिकास्थित नेपाली राजदुतावासले सम्बन्धित स्टेट डिपार्टमेन्टमा पठाएपछि शेर्पाको पहिलो चरणमा स्वीकृत भएको हो ।
नोभेम्बरमा ऋषि ढकाल क्यालिफोनिया र मार्बिन बुष्टिन सिकागोलाई पुर्न्नियक्ति र प्रल्हाद केसी बोस्टन, अम्बिका अधिकारी एरिजोना र एसी शेर्पा वासिडटनको सियाटलका लागि वाणिाज्य दुतमा नियुक्त गरे पनि स्टेट डिपार्टमेन्टबाट स्वीकृत भैसकेको छैन । उनीहरु सबैलाई चार बर्षका लागि नियूक्त गरिएको हो । यसअघि प्रेमराजा महत, नारायण मैनाली, मार्वीन बुष्टिन, जर्ज मार्कर, रिचर्ड सी बलुम , म्यारी क्यारोल लगायत रहेका छन ।