जन्मदिनमा नरेशको हाइट
काठमाडौं— सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै रचनाका गीतहरुको एल्बम ‘हाइट’ सार्वजनिक गरेका छन् । फागुन १३ गते जन्मदिनको साइतमा काठमाडौंमा एउटा औपचारिक कार्यक्रम आयोजना गर्दै गीतकार भट्टराईले गायक रामकृष्ण ढकाल, हास्यकलाकार दीपकराज गिरी, पत्रकार भरत शाक्यसहितको हातबाट एल्बम विमोचन गराएका हुन् । विमोचित एल्बममा नरेशले आफ्ना आधुनिक तथा चलचित्रका गीतका दुई वटा सिडीलाई समावेश गरेका छन् ।
काठमाडौंमा आयोजना हुने अधिकांश चलचित्र तथा सांगीतिक कार्यक्रममा उद्घोषण गर्ने भट्टराईले आफ्नो कार्यक्रमको सञ्चालन गर्ने जिम्मा भने चलचित्र पत्रकार संघको अध्यक्ष शान्तिप्रियलाई दिएका थिए । एल्बम सार्वजनिक भएपछि जन्मदिनको शुभकामना तथा एल्बमको सफलताको शुभकामना दिँदै उपस्थित व्यक्तित्वहरुले गीतकार भट्टराईका बारेमा रमाइला संस्मरणहरु सुनाएका थिए ।
विमोचित एल्बमको एउटा सिडीमा स्वरुपराज अचार्य, मिङ्मा शेर्पा, भिषण मुकारुङ, प्रमोद खरेल, रोशन गुरुङ, दिपेशकिशोर भट्टराई, रुपक डोटेल, सञ्जयकिशोर श्रेष्ठ, सुगम पोखरेल, नविन के भट्टराई तथा सञ्जय श्रेष्ठले गाएका आधुनिक तथा पप गीतहरु समावेश छन् । दोस्रो सिडीमा भने धुँवा यो नशा, द युगदेखि युगसम्म, किस्मत, मेरो जीवन साथी, वशमा छैन यो मन, डन, हलचल, लेखान्त, कवच, पुन्टे परेड, तिमी मात्र तिमी, भगवान सबैको तथा अलवीदा चलचित्रका गीत समावेश छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...