छक्का पञ्जा गोल्डकोष्टमा 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, भदौ २१, २०७३
Chhakka Panjaअष्ट्रेलियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको नेपाली सफल चलचित्र क्वीन्स्ल्यान्डको गोल्डकोष्ट शहरमा समेत देखाइने भएको छ ।
नेपालमा अत्यधिक रुचाइएको दीपकराज गिरी र दीपाश्री निरौलाको उक्त चलचित्रलाई गोल्डकोष्टमा ओजनेप इन्टरटेनमेन्टले देखाउन लागेको हो । उक्त संस्थाका अध्यक्ष किशोर तिवारीका अनुसार यही सेप्टेम्बरको २८ तारिखमा ब्रोडबिचमा रहेको इभेन्ट सिनेमामा उक्त चलचित्रको प्रदर्शनी हुन लागेको हो । गोल्डकोष्ट शहरमा रहेको सानोे नेपाली समुदायमा समेत नेपाली चलचित्र र अन्य बिभिन्न नेपाली कार्यक्रमहरुलाई प्रबद्र्धन गर्नका लागि आफुहरु लागिपरेको अध्यक्ष तिवारीले जानकारी दिए ।
हाँस्यरसले भरिएको भनिएको उक्त चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्कि, जीतु नेपाल, माग्ने बुढा, शिवहरी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसपहिले पनि नेपाली चलचित्र प्रदर्शन गरिसकेको उक्त संस्थाले म्युजिक भिडियो, नेपाली गीतसंगीतको क्षेत्रमा समेत काम गर्दै आएको संस्थाका सुमन थापाले जानकारी दिए ।