लियोनार्दोलाई ओस्कर एवार्ड

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७२

Leonardo_Oscar award winnerअमेरिका— हलिउडका सुपरस्टार अभिनेता लियोनार्दो डिक्याप्रियोले जीवनकै पहिलो ओस्कर एवार्ड जितेका छन् । विश्वकै सबैभन्दा ठूलो फिल्म एवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’ फिल्मका लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा लियोनार्दोले यो सफलता हासिल गरेका हुन् । नेपाली समय अनुसार सोमबार बिहान वितरण गरिएको २०१६ को ओस्कार एवार्डमा ‘स्पटलाइट’ फिल्मले उत्कृष्ट फिल्मको एवार्ड जित्न सफल भएको छ । टम म्याकार्थीद्वारा निर्देशित यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ ।

चलचित्र ‘द रुम’ का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । निर्देशकमा लगातार दोस्रो वर्ष अलेजान्द्रो गोन्जालेज इनारितु उत्कृष्ट भ । मेक्सिकोका यी निर्देशकले गत वर्ष ‘बर्डम्यान’का लागि निर्देशकको ओस्कर पाएका थिए । सहअभिनेतामा स्टिवन स्पिलवर्गको फिल्म ‘ब्रिज अफ स्पाइज’का लागि मार्क रिल्यान्सले पाए भने सहअभिनेत्रीमा ‘द ड्यानिस गर्ल’का लागि एलिसिया विकान्देर उत्कृष्ट घोषित भइन् ।

यसपटकको ओस्करमा सिनेमाटोग्राफी विधाको एवार्ड रेभेनान्टले, सम्पादनको एवार्ड म्याड म्याक्स : फ्युरी रोडले, एडप्टेड स्क्रिनप्लेको विधाको एवार्ड द बिग सटले, ओरिजिनल स्क्रिनप्लेको एवार्ड स्पटलाइटले तथा विदेशी भाषाको फिल्मको विधाको एवार्ड हंगेरीको ‘सन अफ सोल’ले जितेका छन् ।