बालप्रतिभा प्रथम पुरस्कार समिका जिसीलाई
आजका बालबालिकाहरु भोलिका कर्णधार हुन, हाम्रो समुदायमा लुकेर रहेका बाल प्रतिभाहरुलाई एउटा मन्च दिएर उनिहरु भित्र लुकेको क्षमतालाई उजागर गराउने उद्देश्यले नेप्लिज अष्ट्रेलियन युथ एशोसिएसन (नया) ले लाहुरि टिभिको सहकार्यमा आयोजना गरेको बाल प्रतिभा २०१६ सम्पन्न भएको छ ।
अत्यन्तै मनोरन्जनपूर्ण रहेको उक्त फाइनल प्रदर्शनको नतिजा अनुसार सिमोन श्रीपालीले सबै भन्दा धेरै अन-लाइन मत प्राप्त गरि साइबर अवार्ड हात पर्न सफल भएकी छन् । त्यसै गरि सेकेन्ड रनरअपमा सरिना सैजु, प्रथम रनर-अपमा सचेस्टा श्रेष्ठ छिन् भने समिका जिसीले टाइटल अवार्ड प्राप्त गर्न सफल भएकी छन् । उक्त प्रतियोगिताका बिजेता, प्रथम र दोश्रा रनरअपहरुलाई क्रमश अस्ट्रेलियन १००० , ५०० र ३०० पुरष्कारको पनि ब्यबस्था गरिएको थियो। कार्यक्रममा अथिति कलाकार श्रेया चुडाल र आयुष्का खनियाको बेजोड प्रस्तुतिले दर्शकहरुको ध्यान आकर्षित गरेका थिए । बाल प्रतिभा ग्रान्ड फाइनल सम्पन्न भएकोमा सन्तोष ब्यक्त गर्दै नयाका अध्यक्ष्य कोमल पाठकले आज का बाल बालिकाहरु भोलिका भविष्य भएको र यो स्थान सम्म आइपुग्दा सम्म सहयोग गर्ने सम्पूर्ण अभिभावक, नया टिम तथा लाहुरे टि भीका स्वयम सेवकहरुलाई धन्यबाद दिए। लाहुरी टि भीका निर्देशक जीवन डी सिले सम्पन्न यस कार्यक्रम समूदायका बाल बालिकाहरुलाई प्रोत्साहन गर्ने एउटा राम्रो प्लेटफर्म रहेको बताउदै आऊँदा दिनहरुमा अरु राम्रा कार्यक्रमहरु ल्याउने बताए । बाल प्रतिभाको यस कार्यक्रमलाई सुरु देखि संयोजन गरेकी पूजा चन्दले कार्यक्रमको समापन सम्म आइपुग्दा सबै बाट प्राप्त सहयोग प्रति आभार ब्यक्त गरिन ।
कार्यक्रम गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलको अथित्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा आइसिसि युवा संयोजक बिजय पोखरेल, ओसिनिया संयोजक महेन्द्र लम्साल, आइसिसि सदस्यहरु प्रकाश जिसी, धर्मराज अधिकारी, सह सचिब भिष्म भण्डारी, खेलकुद संयोजक नन्द गुरुङ, सदस्य राज खनाल लागाएत विभिन्न समूदायिक संघ-संस्थाका प्रतिनिधि, मीडिया तथा सर्वसाधारण समूदायको अपार सहभागिता रहेको यस बालप्रतिभा ग्रान्ड फाइनलको टाईटल स्पोन्सर बि एंड बि कन्सल्टिंगले गरेको थियो भने बुथ स्ट्रीट बिष्ट्रो र गणेश ज्वेलरीले पनि कार्यक्रमको स्पोंसोर गरेका थिए।
सोहि अवसरमा सिड्निमा रहेर नेपाललाई शारिरिक सुगठन खेल मार्फत संसारभर चिनाउन लागेका सन्तोष श्रेष्ठ ,प्रकृति श्रेष्ठ र सन्जिब चौधरिलाई सम्मान समेत गरिएको थियो ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...