गोरखा समाज अष्ट्रेलियाद्वारा १२ लाख मानव सेवा आश्रमलाई प्रदान

-- NTA REP. / प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३

manav_sewa_ashram_gorkha-samajगोरखा समाज अष्ट्रेलियाको आयोजनामा गत जूलाई २३ र २४ गते सिडनीको क्रोडनमा सञ्चालित श्रीमद्भागवत महापुराणमा संकलित रकम रू १२ लाख मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।

‘सड़क मानबमुक्त नेपाल’को अभिस्ट राखेर हेटौडा, चितवन, काठमाण्डौ, बीरगंज लगाएतका बिभिन्न सहरहरूमा परोपकारी सँस्था सञ्चालन गर्दै आएको मानब सेवा आश्रमले गोरखा समाज अष्ट्रेलियाबाट प्राप्त हुने उक्त रकम गोरखा, तनहु, धादिंग लगायतका जिल्लाहरूमा कस्टकर जीवन जिउन बाध्य भएका सेवापेक्षीहरुको सेवा बिस्तारका लागि नयाँ शाखा स्थापनार्थ उपयोग गर्ने जनाएको छ ।

३० जना क्षमताको सेवागृह स्थापनाका लागि रू २४ लाख लाग्ने प्रारंभिक अनुमान गरिएकोमा अपुग रकम सहयोगका लागि सम्पूर्ण सहयोगी मन तथा संघ संस्थाहरूलाई हार्दिक अनुरोध गरिएको छ । मानब सेवा आश्रमको यस पवित्र कार्यमा सहयोग गर्न चाहनुहुने ब्यक्ति तथा संघ संस्थाले मानवसेवा आश्रमलाई सोझै वा गोरखा समाज अष्ट्रेलिया मार्फत सहयोग गर्न सकिनेछ ।

गोरखा समाज अष्ट्रेलियाका सचिब प्रकाश बस्ताकोटीले दिनुभएको जानकारी अनुसार महापुराणमा भक्तालुजनबाट प्रदान गरिएको दान तथा ब्यबसायिक प्रायोजनहरूबाट हालसम्म प्राप्त भएको अष्ट्रेलियन डलर ३८,४६५ मध्य ब्याबस्थापकीय खर्च कटाएर १५,२१२ डलर बाँकी हुन आएको छ । समाजको पूर्व प्रतिबद्दता बमोजिम १० प्रतिसत रकम अष्ट्रेलियमा बिद्यार्थी कल्याणकारी कोषमा छुट्टाएर बाँकि रकम मानव सेवा आश्रमलाई प्रदान गर्न लागिएको जनाइएको छ । समाजका अनुसार महापुराणमा प्रतिबद्दता गरिएका मध्य ३,६३५ डलर अझै पनि प्राप्त हुन बाँकी छ ।

यस कार्यक्रम लाइ भब्य र सभ्य रूपले सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण ब्यापारिक प्रायोजकहरू, दान दाताहरु, अहोरात्र खटी श्रम दान गर्ने स्वयंसेबक साथीहरू, सल्लाह सुझाब दिनुहुने आदरणिय अग्रज ब्यक्तित्वहरु, बिभिन्न सञ्चार माध्यम र सञ्चारकर्मी साथीहरू, प्रमुख वाचक वाचन प्रवीण दीनबन्धु पोखरेलज्यू, वाचनमा सहयोग पूर्याउनुहुने वाध्यबादक समूहका साथीहरू र सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा गोरखा समाज अष्ट्रेलियाले हार्दिक आभार ब्यक्त गरेको छ । आगामी दिनहरुमा समेत रचनात्मक सामाजिक कार्यहरूमा अविछिन्न लागिरहने प्रण सहित सम्पूर्ण नेपाली समुदाय तथा अग्रजहरूको साथ र सहयोगको अपेक्षा गरिएको समाजका अध्यक्ष ध्रुब पोखरेलले बताउनुभयो।