गीतकार बराईलीको ‘सङ्गराग’ सार्वजनिक
काठमाडौं— युवा गीतकार रमेश सङ्गराग बराइलीले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘सङ्गराग’ लाई गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल तथा फिल्म निर्देशक तुलसी घिमिरेले सोमबार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरेका छन् । विगत दश वर्षदेखि गीत लेखनमा सक्रिय रहेको बताउदै गीतकार बराइलीले नाच्ने होइन, बा“च्ने गीत लेखेको स्पष्ट पारे ।
समारोहमा चलचित्र निर्देशक तुलसी घिमिरेले पुराना संगीतकार, गीतकार तथा गायकलाई बिर्सने तथा क्रेडिट नदिने प्रवृत्तिले सांगीतिक क्ष्ँत्रमा जरा गाढेको गुनासो गरे । विशेष गरी रिमेक गरिएका गीतका सर्जकहरुलाई छायामा राखिने तथा नया बनाउनेलाई मात्र अहिलेको स्रोताले चिन्ने चलनप्रति घिमिरे चिन्तित देखिएका हुन् । गीतकार संघको अध्यक्ष योगेन्द्रमणि दाहालले गीतकार बराइलीको लेखनमात्र होइन वाचन शैलीबाट समेत प्रभावित भएको बताए ।
बिमोचित एल्बममा बसन्त सापकोटा, प्रविण बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहुरुङ, बिबी अनुरागीको संगीतमा प्रमोद खरेल, अन्जु पन्त, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ तथा बिजुला बिकको स्वर सुन्न सकिन्छ ।
यो एल्बमलाई फोर एस मिडियाले एल्बमलाई बजारमा ल्याएको हो । एल्बममा ६ वटा गीत समावेश गरिएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...