ब्रिसबेनमा नेपाल फेस्टिबल र SKI-Workshop तयारी तिब्र
एन आर एन ( NRNA) अष्ट्रेलियाद्वारा बिभिन्न संघसंस्था सँग मिलेर आयोजना गरिने यो बर्षको नेपाल फेस्टिबलको तयारी ब्रिसबेनमा पनि तिब्र भएको छ । तेस्रो नेपाल फेस्टिबलका आकर्षण अघिल्ला पटकका भन्दा फरक र नेपाली संस्कृति र पहिचान झल्कने छुट्टै कोशिस सहित प्रस्तुत गरिने NRNA-Queensland का संयोजक अभिमान सिंह बस्नेतले जनाउनु भएको छ ।
अष्ट्रेलियाकै ठुला शहरहरु मध्येको एक ब्रिसबेनको केन्द्र King George Square मा आगामी नोभेम्बर १२ का दिन आयोजना हुने नेपाल फेस्टिबलमा नेपाली खानपान रहनसहन संस्कृति झल्कने प्रदर्शन कक्ष, नेपाल हाउस, नेपाली सांगितिक ब्याण्ड कन्दरा, सुगम पोख्रेल अनि स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने त छँदैछ , नेपाली सामानको बजार प्रबर्दन एबम पर्यटकीय सामग्रीको प्रदर्शन तथा बितरण हुने भएको छ भने शहरको ब्यस्त भाग Queen Street Mall मा नेपाल फेस्टिबल र अघिल्लो दिन नेपाल परेड पनि देखाइने NRNA ले बताएको छ । नेपाल पर्यटन बोर्डबाट प्राप्त पर्यटन प्रबर्दनात्मक सामग्रीको पनि प्रस्तुति रहने यो पटकको फेस्टिबल अष्ट्रेलिया र विश्वलाई नेपाल चिनाउने एउटा अबसरको रुपमा आएको आयोजक संस्था NRNA-Queensland ले जनाएको छ ।
त्यसै गरि नेपाल फेस्टिबलको भोलिपल्ट नोभेम्बर १३ तारिखका दिन अष्ट्रेलियाका थुप्रै ब्यापारिक साझेदार कम्पनी र ब्यबसायिहरुको प्रायोजन र सहभागिता रहने NRNA SKI कार्यदलको तर्फबाट “Exploring Opportunities for Making a Change” बिषयमा Science & Technology, Business, Community, Media, Governance, Disaster management सम्मिलित कार्यपत्रहरुमा बिज्ञहरु बिच छलफल आयोजना गरिने भएको NRN-SKI कार्यदलका संयोजक डाक्टर केशब शर्माले बताउनु भएको छ । उक्त कार्यशाल स्थानिय Garden Point Campus, Queensland University of Technology, Brisbane बिहान ९:०० देखी साँझ ५ बजे सम्म हुने भएको छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...