डार्विनमा “डार्विन हर्ट्स फुटबल कल्ब”

-- -कृष्ण रानाभाट / प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३
darwin-heart-footballअष्ट्रेलियाको उतरी क्षेत्रमा रहेको डार्विन शहरमा नेपाली कम्युनिटी माझ फूटबल निकै लोकप्रिय हुदै गएको छ। फूट्बल खेललाई समुदायमा प्रबेस गरी भाईचराको सम्बन्ध स्थापित गर्ने र नेपाली कम्युनिटीलाई एकताबबद्द गर्ने मुल अभिप्रायका साथ डार्विनको नेपाली कम्युनिटीमा निस्वार्थ सक्रिय लोकप्रिय व्यक्तित्व हेम पुनको नाम पहिलो नम्बरमा आउँछ। स्थाइ घर नेपालको बुटबल स्थाई घर भएका पुन सन २००७ तिर अष्ट्रेलिया बिद्यार्थीका रुपमा आएका थिए । नेपालमा रहदा सानो उमेर देखी फूटबलमा रुची र दखल भएका पुन तेती बेला उनी नेपालका नाम चलेका चर्चित् फूटबल क्लब जो डिभिजन ए मान्यता प्राप्त थियो त्यस क्लबबाट खेल्ने खेलाडी हुन । आफ्नो खेल जिबनलाई समाजसेवा मार्फत सामाजिक बिकास र खेलकुदको बिकास र उन्नतिको लागि निरन्तरता दिदै हेम पुन सन २०१० मा अष्ट्रेलियाको डार्विनमा बसाइ सराइ गरे पश्चात यतै बसोबास गर्दै आइरहेका छन् ।darwin-heart-football-4
सुरुका दिनहरु लाई सम्झदै पुन भन्नु हुन्छ, फूटबललाई साथी भाई बिचको सम्बन्धलाई निरन्तरता दिन बिभिन्न तरिकाबाट खेल्ने गरिन्थ्यो भने आजकाल डार्विनमा नेपालीहरुको समेत उपस्थिति बढ्दै गए पश्चात खेललाई सस्थागत र ब्यबसायिक बनाउन पुन कै अग्रसरतामा संजय गुरुङ, अजय गुरुङ, गणेश गुरुङ, धुर्ब कार्की, पुरुषोतम बिष्ट, निराजन बस्नेत, दिनेश थापा, फुसङ्बु शेर्पा, सुजन श्रेष्ठ, निरन बन्जादे, शेखर अर्याल तथा अशोक अधिकारी मिली Football Federation Australia मा दर्ता प्रकृया आरम्भ भयो। जस्को फलसोरुप डर्विन हर्ट्स फुटबल क्लब (Darwin Hearts Football Club) ले सम्पूर्ण प्रक्रिया पुरा गर्दै सन २०१५ को फेबूरबुरी मा Football Federation Australia बाट मन्यता प्राप्त Division B खेल्ने अनुमती प्राप्त गर्‍यो। तो दिन नै डार्विन बासी नेपाली फूटबल प्रेमी र समुदाय कै लागी गौरबको दिन थियो। मान्यता प्राप्त गरी सके पछीका दिनहरुमा फूटबल प्रतिस्पर्धामा राम्रो पर्दर्शन गर्दै डार्विन हेर्ट्स फूटबल क्लब २०१६ मा NT Divison B लिगमा ६ पोजिसन प्राप्त गर्न सफल भएको छ ।darwin-heart-football-2
कल्ब भविष्यमा Division A लिग खेल्ने तथा अन्डर १२ को फूटबल समुह बनाउने तैयारीमा छ। साथै फूटबललाई ब्यबसायिक रुपमा बिकास र तेस्को लागिपुर्बधरहरुको खोज गर्ने, फूटबल क्लिनिक सन्चालन गर्ने लक्ष्य लिएको छ | कल्बका पुर्व खेलाडी तथा नेपालको रास्ट्रिय फूटबल खेलाडी सुलव मास्केलाई A Divison को हेलोनिक फूटबल क्लबमा आबद्द गराएको यस कल्बले हालै सम्पन्न २०१६ को NT लिग मा सर्बाधिक १८ गोल गर्दै मास्के लिग भरीको Man of the Match घोषित भएका छन्। हामी संगको कुराकानीमा यो पल नै सम्पूर्ण नेपाली कम्युनिटीको लागि गौरबको पल भएको बताउदै पुनले खुशी ब्यक्त गर्नु भयो । darwin-heart-football-3नेपलिज एसोसियसन अफ नर्दन टेरोटोरी (NANT) को अभिन्न अगंको रुपमा रहेको यस फूटबल क्लबलाई NRNA -NT लगायत नेपाली समुदायको सहयोग रही आएको छ। साथै सम्पूर्ण नेपाली कार्यक्रम आफ्नो सक्रिय उपस्थिती र सहयोग गर्दै आएको यस क्लबमा हेम पुन म्यानेजरको रुपमा हुनुहुन्छ भने हाल कल्बमा ५० देखी ६० स्वयमसेवकहरु रहेका छन्।