दिल तामाङलाई रोधींको झल्को (भिडियो सहित )

-- The NTA / प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
jhalko-aayoबिगत एक दशक देखी अस्ट्रेलियालाई कर्मभुमी बनाएर संगीत साधनामा निरन्तर लागि रहेका युवा गायक दिल तामाङले हालै आफ्ना शुभेच्छुक श्रोता र दर्शक माझ अर्को कर्ण प्रिय गित “झल्को आयो रोधींमा नाचेको माया सँग कम्मरै भाचेको” भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । 546022_2882743638150_153557533_n
सन २०११ मा आफ्नो पहिलो साङीतिक एल्बम निकालेर आफ्नो गायन क्षेत्रलाई अगाडि बढाएका तामाङको सन २०१३ मा  सिङ्गल ट्र्याक “म त नेपाली ठिटो बोली बचन मिठो” ले निकै चर्चा कमएको थियो । स्वर्गिय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको उक्त गीतमा प्रियन्का कार्की र अनिल थापाको प्रशंसनीय अभिनय रहेको छ । गीत लेख्ने, संगीत भर्ने र गाउन निकै सिपालु दिल तामाङ बिदेशको ब्यस्त जीवनयापनमा पनि आफुलाई नेपाली गीत संगीत प्रती समर्प्रित गरेका छन । अहिले सम्म ३ दर्जन भन्दा बढी गीत रेकोर्ड गराइ सकेका तामाङले अरु गायक गायिकाहरु लाई समेत आफ्नो रचना र संगीतमा  गितहरु गाउन दिएको बताउछन । फुर्सदको समयमा गित रचना गर्न मन पराउने उनै गायक तामाङको आफ्नै शब्द संगीत अनि स्वरमा नेपालमा अहिले निकै चर्चा कमाइ रहेका युवाहरु को समुह “भिम्फेदी गाइज” को उत्कृष्ट निर्देशन , नाच र प्रस्तुतीमा रहेको “झल्को आयो रोधींमा नाचेको।।।।।” यस म्युजिक भिडियोले निकै चर्चा बटुलेकोमा निकै खुशी लागेको  टाईम्स संगको कुराकानीमा बताए।  मकवानपुरको भिम्फेदी वरपर छायांकन गरिएको यस म्युजिक भिडियोमा मल्लिका शाक्यले भिम्फेदी गाइजलाई अभिनयमा साथ दिएका छन भने पवन सुस्लिङको क्यामेरा वोर्क र भिडियो सम्पादन दि मोन्टेजको रहेको छ ।
परदेसीहरु ले आफ्नो गाउँ घरमा हुने रोधींको नाच गानको झल्को आउने बिशेष गरेर आफ्नो सोल्टिनीहरु र मायाहरुको सम्झना आउने भन्ने मुख्य भाब यस गितमा रहेको उनले बताए । त्यसका साथै अहिलेको प्रचलित ड्रोन समेत प्रयोग गरिएको हेर्न पाईन्छ। नेपाली युवा पुस्ताहरु को ढुक्ढुकी बन्न सफल ” भिम्फेदी गाइज ” को अतिनै प्रशंसनीय नृत्य रहेको यस् म्युजिक भिडियोलाई युवा निर्देशक तथा कोरियोग्राफर निर्मल लामाले कोरियोग्राफी गरेका छन ।