‘रकडेल बोयिज’ ले ‘आफ्टर पार्टी एनआरएनए फेस्टिभल’ गर्दै 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३

14964101_10208025567103261_1844525039_oएनआरएनए अस्ट्रेलियाको आयोजना र नेपाली दुताबास, महाबाणिज्यदुतको कार्यालय र अन्य नेपाली सामुदायिक संघ संस्थाको सहकार्यमा नोभेम्बर २६ मा सिड्नीको डार्लिङ्ग हार्बर टुम्बोलन पार्कमा नेपाल फेस्टिभलको आयोजना हुदैछ।  दिन भरको नेपाल फेस्टिभलको समाप्ति पछि रतिको मनोरंजनात्मक प्रस्तुतिको लागि रकडेल बोयिजलेओसिस एजुकेसनको प्रयोजनमा आफ्टर पार्टी एनआरएनए फेस्टिभल गर्दैछ। साँझ ७ बजे बाट इन्ट्री सुरु भइ साँझ ८ बजेबाट सुरु हुने उक्त उल्लासमय पार्टी बिहानको ३ बजे सम्म चल्ने आयोजक मध्येका एक सितल गिरीले द नेपाली टाईम्स सँगको कुराकानीमा बताए । गिरीका अनुसार पार्टीको मुख्य आकर्षण युबाहरु माझ निक्कै पपुलर पप गायक फुबा तामांग रहेका छन्, तामांगलाई सिड्नीका तिन पपुलर डि.जेहरु बीरक, डिजे सुसिल र शोमनले साथ दिनेछन । २० डलर प्रिसेल र २५ डलर डोर सेल टिकट मुल्य रहेको सिटिको सेन्ट जेम्स होटेलमा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी हुन सबै युवा साथीहरु लाई रकडेल बोयिजले हार्दिक निमन्त्रणा  गरेको छ ।

रकडेल बोयिज नेपाली समुदायमा सक्रिय युवाहरुको सक्रिय र क्रियाशील समुह हो, सधै झैँ समुदायका सबै संग हातेमालो गर्दै आएको यस समुहले यस पटक पनि नेपाल फेस्टिभलमा पूर्ण सहयोग गर्ने र फेस्टिभलको सफलताका साथ समाप्ति पछि मात्र उक्त पार्टीको आयोजना हुनेछ । थप जानकारीका लागि शितल गिरिलाई  0420 620 562 मा सम्पर्क गर्न सकिनेछ।