‘मैले जति माया तिमीले कहाँ गर्यौ र.… ‘ भन्दै छन् ईश्वर पोख्रेल ( भिडियो सहित )

-- The NTA / प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३
ishwarअस्ट्रेलियालाई कर्मभूमि बनाएर नेपाली गित-संगित प्रति निरन्तर लागिरहेका गयक ईश्वर पोखरेलले  हालै “मैले जति माया तिमीले कहाँ गर्यौ र.… ” बोलको नयां गितको म्युजिक भिडीयो सार्बजनिक गरेका छन । अस्मा घिमिरे र जीवन भट्टराईको सशक्त अभिनय रहेको उक्त म्युजिक भिडीयोको गितका शब्दहरु नरेश भट्टराइका हुन भने गितलाई हरि लम्सालले संगीत भरेका हुन । अर्जुन अधिकारीको निर्देशन र निशान घिमिरेद्वारा सम्पादित यस म्युजिक भिडीयोलाई उत्सव दाहालले छायङ्कन गरेका हुन ।
झन्डै १५ बर्षको लामो सांगीतिक यात्रामा दुई दर्जन भन्दा बढि गित गाईसकेका पोखरेलले दुई वटा एकल एल्बम निकाली सकेका छन । पोखरेलले केहि समय अगाडी मात्र अस्ट्रेलियामा रहेका संगीत प्रेमीहरुले निकालेको ‘उडान’ नामक एल्बम समेत आफ्नो स्वर दिएका छन् ।  “काली मोरी….” “रातो रीबन….” “मैले झैँ मर्ने बारे सोँच्छेउ होला….” लगायतका गितहरु ले आफ्ना दर्शक र श्रोताका मन जिती सकेका पोखरेल हालै सार्बजनिक भएको गित “मैले जति माया तिमीले कहाँ गर्यौ र.… ” प्रति पनि निकै आशाबादी रहको बताए ।