ब्रिसबेनमा एनआरएनए SKI सम्मेलन उत्साहजनक रुपमा सम्पन्न

-- The NTA / प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
15064229_10154741633209776_489523726_oनेपाल फेस्टिभल र नेपाल परेड अत्यन्त सफलतापुर्बक सम्पन्न भएको भोलिपल्ट १३ नोभेम्बरका दिन एनआरएनए अष्ट्रेलियाले नेपाली प्राबिधिक र बिज्ञ समुहलाई भेला गराएर एक बृहत कार्यशाला प्रभाबकारी ढंगले सम्पन्न गरेको छ । एनआरएनए SKI कार्यशाला नाम दिईएको उक्त कार्यक्रममा बिभिन्न बिधामा प्रस्तुत २० वटा बिषय ( कार्यपत्र ) माथि छलफल गर्दै सकिएको छ ।
स्थानिय कुइन्स्ल्याड युनिभर्सिटी अफ टेक्नोलोजीको गार्डेन पोइन्टमा सम्पन्न उक्त कार्यशाला गोष्ठीले नेपालको बिकासमा प्रबासी नेपालीले खेल्न सक्ने योगदानका क्षेत्रहरु मध्ये डा.पार्थ पराजुलीको नेपालको सडक सुरक्षा सँग सम्बन्धित दिर्घकालिन परियोजना प्रस्ताब, डा.अनिल शर्माद्वारा प्रस्तुत नेपालको अन्धोपन निबारणमा नेपाली आँखा परियोजना मार्फत के के हुँदैछन भन्ने बारेको बिस्तृत जानकारी, एन आर एन आई सि सि SKI कार्यदल संयोजक डा. राजु अधिकारी द्वारा अहिले सम्म SKI मार्फत भैरहेका र अब हुन सक्ने सम्भाबित परियोजनाबारेको प्रस्तुती , डा.भिस्न बज्राचार्यद्वारा प्रस्तुत भुकम्प पछीको पुनर्निर्माण र NAQ तथा NAFA को सँलग्नता अनि डा.भरतराज पौडेलको प्रकोप संचारका लागि भबिश्यमा एनआरएनएले संयोजन गर्न सक्ने लेखनबृत्ती, छात्रबृत्ती अनि तालिम सम्बन्धी प्रस्ताब र दिपेश भट्टराईको नेपालमा अन्धोपन भएका बालबालिकाको लागि आँखा उपचारमा खेल्न सकिने भूमिका बारे छलफल गरिएको थियो । यसैगरी डा.किशोर बैध्य र डा अर्जुन न्यौपानेको नेपालमा हुनुपर्ने ई-गभर्नेन्स सम्बन्धी सम्भाबना, डा सुदर्शन दाहालको उर्जा संकट टार्ने माइक्रोग्रिड,सुबोध ढकालको सडक सुरक्षा सम्बन्धी न्युजिल्यान्ड्को अनुभब, डा प्रकाश पौडेल द्वारा प्रस्तुत एन आर एन ले सोसल इन्टरप्रेनियरशिपमा खेल्न सक्ने भूमिकाको चर्चा, राजन कोईराला द्वारा प्रस्तुत SKI को क्षेत्रिय सँजालमा कार्यबिभाजन, डा हेमाङ शर्माको यातना बिरुद्द र मानबधिकार जगेर्ना गर्न एनआरएनएको भूमिका, डा गोविन्द पाण्डे द्वारा प्रस्तुत सेस्मिक रिपेयर, डा मधु पुडासैनिको नेपालको बिकासमा नितिगत प्रभाब अभिबृदि गर्न चाहिने तत्वहरुको फेयरिस्त सम्बन्धी प्रस्तुतिले छलफलमा जिबन्तता थपेको थियो ।
यो पटक कार्यपत्र प्रस्तुत गर्नेक्रममा अष्ट्रेलियाका पुराना नेपाली एबम अष्ट्रेलिया सरकारको उच्च तहमा काम गरिसकेका डा. होम मूर्ती पन्त र डा. कृष्ण हमालले एन आर एनले अस्थिर राजनीतिका बाबजुत आगामी दिनमा नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन खेल्ने भूमिका अनि SKI को परिभाषा पुनराबलोकन गर्नु पर्ने कुरा औँल्याउनु भएको थियो । सुदर्शन चालिसेले हावापानी परिवर्तन र कृषिमा परेको असर बारेको आफ्नो अनुसन्धानको विवरण गर्नुका साथै नेपालको अन्तरराष्ट्रिय सिमा सम्बन्धी बिबाद र सन्धि सम्झौताको जानकारी दिन नेपालबाट आउनुभएका सिमा बिज्ञ तोयनाथ बारालको प्रस्तुतिले सहभागीको ध्यान तानेको थियो । एनआरएनए SKI कार्यदलका संयोजक डा केशब शर्माले SKI कार्यपत्रको साराँस सम्मेलनको महत्वबारे प्रकाश पार्दै सहभागीको स्वागत गर्नु भएको थियो । यो पटक एनआरएनए ICC प्रबक्ता रन्जु वाग्ले एबम प्याट्रन् ईन्द्रा बन ले एन आर एन ले नेपालमा गर्न सक्ने सम्भाबित परियोजना सन्चालन गर्न ढिलाई भैरहेको गुनासो आएकाले SKI कार्यदल सजग हुनुपर्ने बताउनुभयो । कार्यपत्र प्रस्तुतीका क्रममा उठेका बिषयमा छलफलको अन्त्यमा SKI-Workshop संचालन समितिका अध्यक्ष डा.सिताराम घिमिरेले छलफल निचोड प्रस्तुत गर्दै यो पटक केही प्रस्ताब महत्वपूर्ण रुपमा आएकोले आगामी दिन अनुगमनका लागि अर्को एक छलफल प्रस्ताब गर्नु भयो ।15064131_10154741633234776_1094131916_o
यो पटक SKI मा बिभिन्न ४ सेसन लाई बिभाजन गरी सम्भाबित परियोजना सम्बन्धी एक सेसन र प्राबिधिक प्रस्तुती भनेर ३ वटा सेसन संचालन गरिएका थिए । सेसनलाई अध्यक्षता र सहजकर्ताको भूमिकामा एनआरएनएअष्ट्रेलियाका प्रबक्ता डा. ज्ञानेन्द्र रेग्मी र डा घनश्याम चपागाइ, डा.होममुर्ती पन्त,डा.प्रकाश पौडेल डा.अर्जुन पौडेलले गर्नु भएको थियो । समग्र कार्यशाला गोष्ठीको संचालन भने एनआरएनए SKI कार्यदलका सचिब डा.भरत राज पौडेलले गर्नुभएको थियो । यो पटकको सम्मेलनले दिएका सुझाबलाई चांडैनै प्रोसिडिङमा छापिने र एन आर एन वेब साईटमा राखिने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिनु भयो । झन्डै एक सय सहभागी यो छलफलमा एनआरएनए अष्ट्रेलिया कुइन्स्ल्याड संयोजक अभिमान सिङ बस्नेत र अन्य राज्यबाट आएका पदाधिकारीले पनि भाग लिएका थिए।