सिड्नी नै नेपालमय बन्यो नेपाल फेस्टिभलमा
सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल सिड्नीको छैठौ संस्करण २६ डिसेम्बरका दिन भब्यताका साथ सम्पन्न भएको छ । अनुमानित चालिस हजारले (इन -आउट) सहभागिता जनाएको उक्त फेस्टिभल सम्पन्न डार्लिङ्ग हर्बरको तोम्बोलन पार्क होइन सिड्नी सिटि आउने लगभग सबै जस्ता प्रमुख ट्रेन स्टेसन हरु ढाका टोपी, सारी र चोलीमय देखिएको थियो। नेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथि, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरु, क्षेत्रीय संयोजकहरु, केन्द्रिय सल्लाहकारको उपस्थितिमा सम्पन्न यस महोत्सबमा अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका उच्च तहका प्रतिनिधिहरुको उपस्थिति थियो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले अन्य अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गर्नु भएको थियो ।
पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हर्बरमा बिहानै १०.३० मा प्रभात फेरिबाट सुरु भई तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो । अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका काउन्सिलरहरु उपस्थित उक्त कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले आजको यो सबैको उपस्थिति नेपाली काला संस्कृति झल्कने बिबिध प्रस्तुतिहरु र खान पिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको र यो नै अस्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताएका थिए। एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको बहु संस्कृतिक समुदायमा नेपाल पुराएको योगदान महत्व पूर्ण रहेको बताउदै आजको हाम्रो यो उपस्थितिले नेपाल समुदाय पनि अस्ट्रेलियाको एउटा महत्व पूर्ण समुदाय रहेको संदेश सबैमा जाने बिश्वास व्यक्त गर्नु भयो । मन्तब्यका क्रममा घलेले आफ्नो मातृभुमी प्रती पनि अझै बढी कर्तब्य निष्ठा हुनु सबै लाई आग्रह गर्दै भुम्कम्पीडितहरुको समस्या आज सम्म पनि खासै सुधारउन्मुख नरहेको एनआरएनएले अरु जिम्मेवारीका साथ पुनर्निर्माण मा जुट्नु पर्ने बताउनु भयो । एनआरएनए ले प्रतिबद्दता गरेको १००० घर निर्माणका लागी निर्माणको क्षेत्र मा अनुभव भएका गैर आबाशिय नेपालीहरु लाई सहयोगको लागी अनुरोध समेत गर्नु भयो । भर्खेर आफुले लाप्राकको भ्रमण गरेको अनुभव सुनाउदै पीडितहरुको मुहारमा खुशी ल्याउन एनआरएनए सधै लागि रहने बताउनु भयो।
यस पटक को नेपाल महोत्सबको प्रमुख आकर्षण बनेको नेपाल हाउसको धेरै भन्दा धेरै सहभगी हरुले अबलोकन गरेका थिए। कार्यक्रम स्थलको प्रमुख द्वारको रुपमा रहेको उक्त नेपाल हाउसको निर्माण र रेखदेखको जिम्मा एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले गरेको थियो कण्ठले प्रसंसा गरे।
प्रमुख अतिथि माननिय मन्त्रि महतले नेपालीहरु जहाँ रहे पनि देश सँग जसरि पनि कुनै न कुनै माध्यमबाट जोडी रहनु पर्ने बताउदै यहाँ सिकेको शिप, ज्ञान र अर्थलाई आफु लाई पायक पर्ने सुबिधा हुने किसिमले जुन सुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गर्नु भयो । मन्तब्यका क्रममा महतले देशले राजनीतिक उतार चडाव बाट पार गरि बिकाश निर्माणमा अगाडी बढ्दै गरेकोले पनि विदेशमा बसेका नेपालीहरु को ठुलो योगदान रहने बताउनु भयो । एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आबासीय नेपालीहरुको चाहानालाई आफु आन्तरिम संबिधान देखि संबिधान मस्यौदा हुदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफु आबद्द पार्टी र सरकार सधै सकारात्मक रहेको बताउदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताउनु भयो ।
औपचारिक कार्यक्रमको शिलशिलामै कार्यक्रम संयोजक दिनेश पोख्रेलले यति भब्य र सभ्य कार्यक्रम सम्पन्न गर्न दिन रात खट्ने सबै प्रति आयोजकको तर्फ बाट धन्यवाद व्यक्त गर्दै कार्यक्रममा आफ्नो अमुल्य समय दिने प्रमुख अथिति, अथितिहरुलाई धन्यवाद दिनु भएको थियो। एनआरएनए एनएसडब्लुका सचिब भुपाल सिटौलाले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमलाई संस्थाका सचिब टोनु घोताने र सहसचिब भिष्म भण्डारीले संचालन गर्नु भएको थियो।
कार्यक्रमलाई अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए भने अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत, महाबाणिज्य दुतहरु, उपाधक्ष्य कुमार पन्त, स्थानीय नेपाली समुदायका प्रतिनिधिहरु , एनआरएनए अस्ट्रेलियाका पदाधिकारीहरुले सम्बोधन गर्दै यति भब्य कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको समाप्ति पश्चात नेपलबाट आएको कन्दरा ब्याण्ड, गयिका अन्जु पन्त, गायक सुगम पोख्रेल, गायिका मन्जु पौडेल लगायतको बिशेष सांगेतिक प्रस्तुति सहित स्थानीय कलाकारहरुले उपस्थित हजारौको भिडलाई मनोरंजन दिएका थिए । नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रम अतिशबाजी सहित समाप्त भएको थियो ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...