आध्यात्मिक चिन्तन तथा योगा कार्यक्रम सम्पन्न

-- The NTA / प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३

yog-sadhana-in-granvilleग्रानभिल नेपाली कम्युनिटी क्लब, ग्रानभिलद्वारा समुदायको हितको निमित्त एक दिने आध्यात्मिक चिन्तन तथा योगा कार्यक्रम सम्पन्न भएको छ। सबै कुराको राम्रो पक्ष मात्रै हेर्ने बानिले जीवनलाई सुखि र आरोग्य बनाउंछ भन्दै ‘आयोजना गरिएको ‘द आर्ट अफ ह्यापिनेस कार्यक्रम ‘ सिड्नीको ग्रानभिलमा भव्यताका साथ सम्पन्न भएको हो ।

हांस्य योग, कुण्डलीनि,  सुख ध्यान, मनोचिकित्सा योग, आसन, जीवनलाई उत्प्रेरणाका जगाउने ज्ञान, विज्ञान सम्बन्धी दार्शनिक प्रवचन, लगायत सुखि रहने विविध उपायको वैज्ञानिक प्रयोग सिद्द सुत्रहरू सो अवसरका विषेश आकर्षण थिए । पेटमिची मिचि हांस्दै , फेरि योगमा जुट्दै जीवन को उत्सव मनाईएको सो कार्यक्रममा अध्यामिक युवा अध्यात्मिक गुरु तथा सकारात्मक सोच अभियानका अभियान्ता आचार्य राजन शर्मा(भीमसेन सापकोटा ) ले परिवर्तनतको आभाष दिलाउनु भएको ग्रानभिल नेपाली कम्युनिटी क्लबका अध्यक्ष राम रुवालीले एक प्रेस बिज्ञप्ति जारी गरि बताउनु भएको छ।

गत २१ नोवेम्बेर शनिबारका दिन १० बजे देखि १ बजे सम्म समपन्न सो कार्यक्रममा ठुलो संख्यामा नेपाली दाजु भाई दिदि बैनी हरुको उपस्थिति थियो।