सिड्नीमा बन्यो ‘तिमी नै मेरो’

-- श्याम सुन्दर गिरी / प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
पछिल्लो समय अष्ट्रेलियामा म्युजिक भिडियो निर्माण हुने क्रमले ब्यापकता पाएको छ । हरेक साता म्युजिक भिडियोको छाँयाकन तथा सार्बजनिक हुने गरेका छन् ।
नेपाली चलचित्रको समेत ठुलो बजार रहेको अष्ट्रेलियामा म्युजिक भिडियोले समेत राम्रो स्थान पाउने गरेका छ । व्यबसायिक रुपमै कलकारिता गरेका कलाकारहरुको समेत बाक्लो उपस्थिति रहेको कारण पनि अष्ट्रेलियामा म्युजिक भिडियो निर्माण हुने क्रम दिन प्रति दिन बढेको हो ।
कथानक चलचित्रमा काम गरेका नायक,नायिका देखी चर्चित मोडल र सेलिब्रेटी देखि नयाँ अनुहारको कुनै कमि नरहेको ब्यस्त देश अष्ट्रेलियामा समयको ब्यबस्थापन गर्दै कलाकार तथा निर्माण कम्पनीले भिडियो र चलचित्रलाई स्थान दिईरहेका छन् ।
यसै क्रममा शुक्रबार राती सिड्नीमा निर्माण गरिएको ‘तिमी नै मेरो’ बोलको गीतको म्युजिक भिडियो सामाजिक संजाल युट्युब मार्फत् सार्बजनिक गरिएको छ । रंग पत्रकार समेत रहेका श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको उक्त गीतमा राज श्रेष्ठको स्वर तथा महेश्वर राज तन्डुकारको संगीत रहेको छ ।
सार्बजनिक गीतमा नायिका तथा मोडल शुभाङी कोईरालालाई नयाँ अनुहार सुरज कुँवरले साथ दिएका छन् । शुभाङीले केहि चलचित्र र दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरेको छिन् । भने सुरजको यो पहिलो भिडियो हो । आकर्षक शैलीमा निर्माण गरिएको भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने,नबिन निरौलाले सम्पादन गरेका छन् । भिडियोमा रिसाएकी प्रेमिकालाई फकाउदाको प्रयास र त्यसपछिको जिवनलाई पेश गरिएको निर्देशक गिरीले सिड्नी बाट जानकारी गराएका छन् ।
भिडियो हेर्नुहोस् :