नेपाल फेस्टिभल मेलबर्न भब्यताका साथ सम्पन्न
एनआरएनए अस्ट्रेलियाले प्रत्येक २/२ बर्षमा भिन्न शहरहरुमा गर्ने नेपाल फेस्टिभल अन्तर्गतको यस बर्ष तेश्रो शृंखला नेपाल फेस्टिभल मेलबर्न अस्ट्रेलियाको पुरानो शहर मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा १७ डिसेम्बरको दिन संपन्न भएको छ । करिब १८ देखि २० हजार सम्मले प्रत्यक्ष आबलोकन गरेको उक्त फेस्टिभल बिगतमा भन्दा अलिकति भिन्न यस पटक नेपाल सरकार एबम अस्ट्रेलियन सरकारको उच्च तहका व्यक्तित्वहरु बाट प्रतिनिधित्व गरिएको थियो । जुन नेपाल सरकार तथा अस्ट्रेलियन सरकारका मन्त्री तहका व्यक्तित्वहरु भिक्टोरियाको एकै मंचमा रहेको पनि यो पहिलो पटक हो । एनआरएनए अस्ट्रेलियाको भिक्टोरिया राज्य कमिटि, नेपाली दुताबास, महाबाणिज्यदुतको कार्यालय र भिक्टोरियामा रहेका नेपाली समुदायका सबै संघ संस्थाहरुको सहकार्यमा संपन्न उक्त फेस्टिभल, अघिल्लो साँझको गाला डिनर र फेस्टिभलको दिन बिहानको परेड सहित संपन्न भएको थियो ।
परम्परागत नेपाली भेष भुषा र रहन सहन झल्कने झाँकी सहित मेलबर्न स्टेट लाइब्रेरीबाट महोत्सबस्थल फेडेरेसन स्क्वायरसम्म संपन्न परेडमा सगरमाथा, गौतम बुद्ध लगायतको चित्र सहितको ब्यानरमा लाखे नृत्य, कुमारीका साथै नेपाली पर्यटन प्रबर्द्धन हुने बिभिन्न झांकी तथा चित्रहरु समेटिएका थिए ।
नेपाल सरकारका पर्यटन, संस्कृतिक तथा नागरिक उडयानमन्त्री जीवन बहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएन अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बति बालेर उदघाटनगर्नु भएको उक्त फेस्टिभलको वरपर नेपाली झन्डा फहराईएको देखिन्थ्यो ।
कार्यक्रमको आकर्षण रुपमा नेपालको पर्यटन र बिबिधता झल्कने किसिमले तयार गरिएको नेपाल हाउसले सबै आगन्तुकको मन खिच्न सफल भएको थियो । फेस्टिभलको सुरुवात संगै औपचारिक कार्यक्रम अगाडी र पछाडी नै नेपाली कलासंस्कृती र परम्परा झल्कने किसिमका बिभिन्न सांगितिक कार्यक्रम, नाटक, फेशन शो आयोजना गरिएको थियो ।
फेस्टिभलको प्रमुख अथितिको रुपमा नेपालबाट आउनु भएका नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाहीले सहभागीहरुलाई सम्बोधन गर्दै प्रकृतिले भरपुर्ण नेपालको बिबिधता हरु र प्राकृतिक सुन्दरता आफ्नै आखाँले देख्न र अनुभब गर्न एक पटक नेपालको भ्रमण गर्न अनुरोध गर्दै हिजो नेपाल दुखमा बल्झेको बेला नेपाल बाहिरका सम्पूर्ण नेपालीहरु र नेपाललाई माया गर्ने बिदेशी मित्रहरुको सहयोग र सदासयाताको प्रसंशा गर्नु भएको थियो । त्यसै गरि कार्यक्रमका बिशेष अथिति भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कटले नेपाली कलासंस्कृती र नेपालीहरुले पुरयाएको योगदानको खुलेर प्रशंसा गरेका थिए भने । त्यसै गरि कार्यक्रमलाई अर्का बिशेष अतिथि एनआरएनए अध्यक्ष शेष घले, मल्टिकल्चर कमिसन हेलेन काफालोस, एनआरएनए उपाध्यक्ष भवन भट्ट, भिक्टोरियाका लागि महाबाणिज्य चन्द्र योन्जन, नेपालबाट आएका नेपाल बिधार्थी संघका अध्यक्ष नैन सिंह मेहर लागायतका अथितिहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षता संपन्न उक्त कार्यक्रममा एनआरएनए भिक्टोरिया एबम कार्यक्रम संयोजक केशब कंडेलले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम सफल पार्न खटेका सबै स्वयम सेवकहरु, प्रायोजकहरु, सामाजिक संघ संस्थाहरुलाई बिशेष धन्यवाद दिइएको थियो ।
कार्यक्रममा भिक्टोरिया राज्यका संसद, केन्द्रिय सरकारका संसद, बिभिन्न काउनसिलका मेयर र काउन्सिलरहरु, बिभिन्न देशको प्रनिधित्व गर्ने भिक्टोरियामा रहेका कुन्सुलरहरु, एनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, केन्द्रिय प्रबक्ता रन्जु थापा, युबा संयोजक बिजय पोख्रेल, क्षेत्रीय संयोजक महेन्द्र लम्साल सह संयोजक रमेश जोशी, आइसीसी सदस्यहरु, एनआरएनए अस्ट्रेलियाका सबै स्टेटलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षहरु, र पदाधिकारीहरुको उपस्थिति थियो भने नेपाल बाहेक बिभिन्न विदेशी देशहरुबाट प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । फेस्टिभलको औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिब टोनु घोतानेले संचालन गरेका थिए भने उदघाटन अघिका र पछिका संस्कृतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु एनआरएनए भिक्टोरियाका सचिब मधाब पौडेल, सदस्य दिपाश्री शाह, सुदिप मास्के र संचारकर्मी दिक्पाल पगेनी लगयातले संचालन गरेका थिए ।
कार्यक्रमलाई सुरु देखि नै स्थानीय कलाकारहरु ले बिबिध प्रहसन सहित मनोरन्जनप्रदान गरिरहेका थिए भने औपचारिक कार्यक्रम समाप्ति संगै नेपालबाट आएका लोक गयक खुमन अधिकारी र रमिला न्यौपानेले लोक गित र दोहोरिले दर्शक र श्रोतालाई आ-आफ्ना प्रस्तुतिहरु ले मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्तिम कोशेलीको रुपमा नेपालको कन्दरा ब्याण्डले आफ्ना सदाबहार गीतहरुले दर्शक र श्रोताको मन मुटु जित्दै पुरै कार्यक्रम स्थललाई नै नेपालमय बनाउन सफल भएका थिए ।
कार्यक्रमको समाप्ति संगै कार्यक्रम बारे संक्षिप्त प्रतिक्रिया दिदै कार्यक्रम संयोजक केशब कडेलले कार्यक्रम एकदमै सफलताका साथ संपन्न भएको र यसको लागि यहाँका सबै संघ संस्थाका साथीहरु, सबै स्वयंसेवकहरु, कलकारहरु, सबै प्रायोजकहरु धन्यवादको पात्र रहेको जनाए । सबैको सहयोगले मात्र यो सम्भब हुने र सामुहिक प्रयासमा असम्बभ केहि नहुने संदेश यो उदाहरणको रुमपा समेत आएको उनले बताए ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...